अग्नीपीडितलाई सहयोगी हातहरु जुट्दै



?

सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तुका अग्नीपीडितहरुका घाउमा मल्हम लगाउन यतिबेला सहयोगी हातहरु जुट्दैछन् । विभिन्न व्यक्तित्व, निकाय, संस्थासंस्थाहरुले सहयोगी हातहरु अघि बढाएका हुन् ।

गत चैत ३० गते भएको आगलागीबाट पीडित बनेका शिवराज नगरपालिका १०, शितलापुरका अग्नीपीडितलाई सहानुभूति दिलाउनेको दैनिकी बनेको छ । घटना भएको चार दिन वित्दा आधा दर्जन बढी व्यक्तित्व, संघसंस्था, सरकारी तथा गैरसरकारी निकायले विभिन्न किसिमको राहत उपलब्ध गराइसकेका छन् ।

घटना भएको चौथो दिन चन्द्रौटास्थित ओम इलेक्ट्रोनिक्सले तत्कालिन राहतको लागि खाद्यान्न वितरण गरेको छ । ओम इलेक्ट्रोनिक्सका प्रबन्धक महादेव पोखरेल पीडित बस्तीमा पुगी त्यहाँका ३० घरपरिवारलाई राहत प्रदान गर्नुभएको छ । लालपुरका वरिष्ठ समाजसेवी देवकुमार भारतीले शितलापुरका अग्नीपीडित बस्तीमा पुगी शनिबार राहत वितरण गर्नुभएको छ ।

आगलागीबाट सर्वस्व गुमाएका ३३ परिवारलाई भारतीले खाद्यान्नको रुपमा चामललगायतका सामाग्री वितरण गर्नुभएको हो । यसैगरी काठमाडौंको मीन भवनस्थित क्विक भोलेन्टियरको टोली अग्नीपीडित बस्तीमा पुगी शनिबार औषधि वितरण गरेको थियो । क्विक भोलेन्टिरका जितेन ठाकुर, दिपेन थापा लगायतले पीडितहरुलाई प्राथमिक उपचारका रुपमा अत्यावश्यक औषधि वितरण गर्नुभएको हो ।

त्यस्तै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालले कपिलवस्तुको शितलापुरका अग्नीपीडितलाई शनिबार राहत वितरण गरेको छ ।

प्याब्सनका केन्द्रिय सदस्य कृष्ण केसीको नेतृत्वको टोली पीडित बस्तीमा पुगी राहत वितरण गरेको हो । त्यहाँका ३० घर परिवारलाई प्याब्सनले चिउरा, चाउचाउ, सर्फ र साबुन वितरण गरेको प्याब्सन कपिलवस्तुका सहसचिव गोपाल पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्