हर्न र जिउ ढाक्ने हेल्मेट



काठमाडौं महानगरपालिकाले हिजो वैशाख १ गतेदेखि हर्न नबजाउने नियम ल्याएपछि धरहरालाई पनि अलि राहत भएको छ।

हुनत हिजो सार्वजनिक विदा भएका कारण त्यति धेरै सवारी साधन पनि चलेका थिएनन्। तापनि छिटपुट रूपमा चलेका कतिपयले हर्न बजाउँदा ट्राफिकले किन बजाएको भनेर सोध्दै गरेको पनि देखियो। उनीहरु जवाफ दिइरहेका थिए– ‘हर्न नबजाउने कुरा थाहा नै भएन हजुर।’

जे होस् हर्न नबजाउँदा पनि यो निर्जीव धरहरालाई रमाइलै भइरहेको छ भने सजीवलाई त झनै रमाइलो हुने यसलाई लागेको छ। अर्कातर्फ स्वास्थ्यमन्त्री गगन थापाले शुक्रबार सवारी साधननै नचलाउने प्रस्ताव पनि मन्त्रिपरिषद् बैठकमा लग्नुभएको सुनिएको छ। कुरा त ठीकै हो।

शुक्रबार गाडी नचल्दा धुवाँ र धुलोको हैरानीबाट मुक्ति पाइन्छ। तर, जरुरी कामले हिंड्नै पर्ने मान्छेलाई चाहिँ पो के गर्नु ? सवारी साधन चलेन भने झन् खुला सडकमा निस्किनुपर्छ। त्यस्तो बेलामा झनै धुलो र हिलोले छोप्छ। त्यसबाट मुक्ति पो कसरी हो ? कि चाहिं पुरै जिउ ढाक्ने हेल्मेटको व्यवस्था सरकारले गर्नुपर्यो। सम्भव होला र मन्त्री ज्यू

प्रतिक्रिया दिनुहोस्