तीनतारे होटल मलवेरी सञ्चालनमा



काठमाडौं, नेस
ठमेलको ज्याठामा करिब ५५ करोड रुपियाँको लगानीमा तीनतारे होटल मलवेरी सञ्चालनमा आएको छ।

होटल मलवेरीका महाप्रबन्धक अमिर प्रधानाङले स्वदेशी तथा विदेशी पर्यटकका लागि नयाँ ढंगले सेवा दिने उद्धेश्यका साथ सञ्चालनमा ल्याउन लागिएको बताउनुभयो। ६७ कोठा रहेको होटलमा कैसीमा पौडी पोखरी रहेको छ।

अन्तर्राष्ट्रियस्तरको सेवा दिन आफूहरू तयार रहेको उहाँले बताउनुभयो।होटलको कौसीमा किम्बु रेष्टुराँ, गिफ्ट सपसमेत सञ्चालन गरिएको छ। महिला तथा पुरुषका लागि छुट्टै स्पा तथा मसाज सेन्टरको समेत व्यवस्था गरिएको होटलमा न्यूनतम ९० डलरदेखि ४०० डलरसम्मका कोठ रहेको महाप्रबन्धक प्रधानाङले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्