नेपालगन्जमा टाटा मोटर्सको



मुख्य शोरुम
काठमाडौं, (नेस)
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टे«डिङ प्रालिले नेपालगन्जमा सुविधा सम्पन शोरुम तथा बिक्रीपश्चात दिने सेवा सुविधा केन्द्रको स्थापना गरेको छ। टाटा मोटर्स र सिप्रदी टेडिङ प्रालिको प्रतिबद्धताअनुुसार नेपालको सबैभन्दा ठूलो सेवा सुुविधा केन्द्रको रुपमा खोलिएको कम्पनीले जनाएको छ

कार्यक्रममा टाटा मोटर्सको कमर्सियल भेहिकलका कार्यकारी निर्देशक रवीन्द्र पिसारोड्डीले भन्नुभयो–‘नेपाली बजारमा टाटाको कमर्सियल गाडीहरूको व्यावसायिक सञ्जाल नेपालमा बिस्तार भएकोमा अत्यन्त हर्षित छु।

यही स्वरुप टाटाले नेपालगन्जमा बिक्री र सेवाको शुरुआत गरेको छ। अन्तर्राष्ट्रियस्तरको यो सेवाबाट टाटाका हरेक प्रकारका कमर्सियल गाडीले भरपूर रुपमा गुणस्तरीय एवम् प्रभावकारी सेवा प्राप्त गर्नेछन्।’

कार्यक्रममा बोल्दै टाटा मोर्टसका अन्तंर्राष्ट्रिय व्यापार, कमर्सियल भेहिकल्स युुनिटका प्रमुुख रुद्ररुप मैत्रले भन्नुुभयो–‘नेपाल टाटा मोर्टसको लागि एउटा केन्द्रित बजार हो। आफना ग्राहकलाई स्तरीय बिक्री तथा बिक्रीपश्चात को सेवा अनुभवको निश्चित गर्नेको लागि नेपालभित्र आफनो व्यापार विस्तार गर्ने रणीतिक योजना अनुुरुप यो एउटा थप पहल हो।’

प्रतिक्रिया दिनुहोस्