पर्यटन प्रवद्र्धनमा जोड



ओखलढुंगा, (नेस)

राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटनको दिगो विकास र भावी पुस्तालाई हाम्रो सांस्कृतिक धरोहरको परिचय गराउन र भूकम्पले क्षति पुर्याएका मन्दिर, गुम्बा र सांस्कृतिक सम्पदाको संरक्षण पुनर्निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ। ओखलढुंगास्थिते प्रथम थोले देम्बा पर्यटन महोत्सवको शुक्रबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो।

राष्ट्रपति भण्डारीले पर्यटन क्षेत्रको प्रवद्र्धन र दिगो विकासका लागि वातावरणीय व्यवस्थापन, सुरक्षाको प्रत्याभूति, सांस्कृतिक तथा स्वस्थ र सरसफाईसहितको होटल लज, होमस्टे र चिकित्सा सुविधा आवश्यक रहेको उल्लेख गर्दैै हातेमालो गरी बढीभन्दा पढी पर्यटन भित्र्याउनुपर्ने बताउनुभयो।

राष्ट्रपति भण्डारीले सांस्कृतिक र पुरातात्विकस्थलको जगेर्ना गर्दा पर्यटन प्रवद्र्धनमा ठोस मद्दत पुग्ने हुँदा यस विषयमा सबैको ध्यान जानुपर्नेमा जोड दिँदै भन्नुभयो–‘ऊर्जाशील युवाको जोश, जाँगर, ऊर्जा, सीप, अतिथ्यता, भाषा कुशलतासमेत समेटेर पर्यटनमैत्री तालिम दिई रोजगारीको अवसर उपलब्ध गराउनु आजको आवश्यकता हो।’ कृषि र पर्यटन व्यवसाय नेपालको महŒवपूर्ण आर्थिक क्षेत्र भएकाले यसको प्रचार गर्नुपर्ने भन्दै उहाँले स्थनीयस्तरमा उत्पादन भएका जैविक र विषादीमुक्त खाद्यान्न एवम् तरकारी राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकमाझ व्यापक प्रचारप्रसार गरी अर्गानिक कृषि पर्यटनको प्रवद्र्धन गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिनुभयो।

‘प्राकृतिक सुन्दरता, कला, सांस्कृतिक पर्यटन प्रवद्र्धन हाम्रो अभियान ः स्थानीय भेषभूषा र रहनसहन हाम्रो पहिचान’ भन्ने नाराका साथ मा ती दिनसम्म सञ्चालन हुने महोत्सवमा नेकपाएमालेका महासचिव ईश्वर पोखरेल र नेपाली कांग्रेस नेतृ सुजाता कोइरालालगायतका राजनीतिक दलका प्रतिनिधिले मुलुकको विकासँगै पर्यटन विकास सम्भव रहेको हुँदा त्यस अनुसार अगाडि बढ्न जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्