कट्टरपन्थी इस्लामिक नेतालाई फाँसी



ढाका, (एजेन्सी)
बंगलादेशले एक दशकअगाडि एक वरिष्ठ बेलायती राजदूतमाथि ग्रेनेड हमला गरी घाइते बनाउने एकजना इस्लामिक अतिवादीलाई फाँसी दिएको छ। उत्तः हमलामा तीन जना मारिएको थिए।

हरकतुल जिहाद अल इस्लामी मुफ्ती (हुजी)का नेता अब्दुल हन्नानलाई उनका दुई सहयोगसँगै बुधबार फाँसी दिइएको हो। उनीहरू सबैलाई सन् २०१४ मा सिलहटमा १४औं शताब्दीको सुफी दरगाहमा भएको आक्तमणका लागि दोषी ठहर्याइएको थियो। उत्तः आक्तमणमा बेलायती उच्चायुत्तः अनववर चौधरी घाइते भएका थिए। चौधरीको जन्म सिलहटमै भएको थियो।

अहिले चौधरी पेरुका लागि बेलायती राजदूत छन्। उनले एएफपीलाई भने– ‘बम मेरो पेटमा खसेको थियो तर विस्फोट हुन पाएन। म डिस्ट्रिक्ट चिफको खुट्टानजिकै भुइँमा लड्न पुगें। त्यसको लगत्तै बम विस्फोट भएको थियो।’

हन्नान हुजीमा आबद्ध हुनुअगाडि अफगानिस्तानमा सोभियत संघविरुद्ध युद्ध लडिरहेका थिए। हन्नानमाथि अन्य थुप्रै हमलामा संलग्न रहेको पनि आरोप लागेको थियो। वकिलहरूले हन्नान सन् १९९० को दशकदेखि हुजीको नेता भएको बताएका थिए। यद्यपि बुधबार हन्नानकी पत्नीले उनी निर्दोष भएको बताएकी थिइन्।

गत महिना कट्टरपन्थीहरूले कैदीहरूलाई लिएर गइरहेको एउटा गाडीमा बम प्रहार गरेका थिए। उत्तः घटना हन्नानलाई छुटाउने प्रयासमा भएको बताइएको थियो।

प्रतिक्रिया दिनुहोस्