आधा आकाश देखिएन अन्तर

8

– प्रशान्त वली

२०७३ मा को के भए ?

यस वर्ष महिला अधिकारको क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको देखिएको छैन। महिला अधिकारका कुरा गरिए पनि अधिकारको सवालमा खासै परिवर्तन नभएको देखिएको हो। यद्यपि देशका प्रमुख तीन पद राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख पदमा महिलाहरू रहनुभएको छ। सम्मानित पदमा महिलाको उपस्थितिले महिलाका लागि मात्र होइन समग्र मुलुक र विश्वका लागि आशाको ढोका भने अवश्य नै उघारेको छ। महिला अधिकारका लागि भन्दै विगतका दिनमा धेरै सडक तताइए। बहस, छलफल, सभा तथा आन्दोलनहरू पनि भए। तिनमा जति महिलाहरूको योगदान रह्यो त्यसको परिणाम नै अहिलेको अवस्था हुन सक्छ। महिलालाई मुलुकमा अवसरका बाटाहरू खुलेका भए पनि कार्यान्वयनको पक्ष अझै पनि फितलो नै पाइन्छ।
महिला अधिकारका कुरा सिद्वान्तमा भए पनि कार्यान्वयन तह निकै कमजोर देखिएको छ। नेतृत्व तहमा महिलाहरू पुगे पनि तल्लोतहमा छाउपडी, दाइजो, देउकी र कुमारी प्रथा समाजबाट हटेको भनिए पनि जरागाडी बसेको भेटिएको छ। पछिल्लो तथ्यांकअनुसार ११ हजार ९ सय ५५ वटा महिला हिंसासम्बन्धी उजुरी परेको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको तथ्यांकमा उल्लेख छ। सबैभन्दा बढी घरेलु हिंसाका ९ हजार ३ सय ९८, बलात्कार १ हजार ९०, बलात्कार प्रयास ७ सय ५२, मानव बेचबिखन २ सय १२, बहुविवाह ४ सय ६३, बालविवाहका २० वटा उजुरी परेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। तर, सरकारले भने समानताको नारा अघि सारेको छ।

सरकारले पनि करोडौं रुपियाँ खर्च गरे पनि हात लाग्यो शून्य जस्तै भएको सरोकारवालाहरू बताउँछन्। महिला हिंसाका घटना हेर्ने र निराकरणका लागि पहलकदमीको भूमिका निर्वाह गर्ने मन्त्रालयको जिम्मेवारी भए पनि महिला तथा समाज कल्याण मन्त्रालयले हिंसापीडित महिलाहरूको तथ्यांक एकीकृत गर्न सकेको छैन।

पितृ सतात्मक सोच, गरिबी, परम्परागत संस्कृति लैंगिक हिंसा हुनुको मुख्य कारक तत््त््व रहेको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले जनाएको छ।

महिला अधिकारकर्मी लक्ष्मी आचार्यका अनुसार गरिबीकै कारण महिलाहरू बेचबिखन, हिंसा, वेश्यावृत्तिका घटनाहरूमा बाध्यात्मक तवरवाट संलग्न हुनुपरेको छ। दाइजो नदिएकै कारण सम्बन्ध बिच्छेद, घरनिकालासम्मको अवस्था महिलाले व्यहोर्नुपरेको छ। यसलाई हटाउन दिवसले जागरणमार्फत भूमिका खेल्नुपर्ने हुन्छ। अझै हाम्रो समाजको सोच पुरुष प्रधान रहेको छ। तसर्थ अब महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन भन्ने धारणालाई व्यवहारतः उतार्नुपर्ने आचार्यको कथन छ।

यद्यपि महिलाको हक र अधिकारका लागि कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले जिल्ला तहमा कार्यक्तम गरे पनि उपलब्धिको मात्रा कागजमा सीमित छ। ठोस रूपमा उपलब्धि नदेखिँदा हिंसाका घटनाहरू समाजमा ज्यूँका त्यूँ छन्।

जोली अमात्या
युवा समिति अध्यक्ष,
संयुत्तः राष्ट्रसंघ
संयुत्तः राष्ट्रसंघको इतिहासमै नेपाली चेली जोली अमात्य संसदीय युवा समिति, संयुत्तः राष्ट्रसंघको अध्यक्ष पदमा पुग्नुभयो। संयुत्तः राज्य अमेरिकाको वासिङ्टन डीसीमा बस्ने जोलीले ९७ देशका हजारौं युवाको नेतृत्व गर्दै हुनुहुन्छ।
कामिनी राजभण्डारी
महाप्रबन्धक,
नेपाल टेलिकम

राष्ट्रकै ठूलो स्वामित्व रहेको नेपाल टेलिकमको महाप्रबन्धकमा कामिनी राजभण्डारी यसै वर्ष नियुत्तः हुनुभयो। सन् १९८५ मा इन्जिनियरका रूपमा नेपाल टेलिकममा उहाँले प्रवेश पाउनुभएको थियो। उहाँले लामो समयसम्म नेपाल टेलिकमभित्रै नेटवर्क प्लानिङ, जीएसएम प्लानिङ प्रोजेक्ट म्यानेजमेन्ट, अनुगमन र मूल्यांकन विशेषज्ञका रूपमा काम गर्ने अवसर पाउनुभएको थियो।

वन्दना राणा
(सदस्य, सिड कमिटी संयुत्तः राष्ट्रसंघ)

नेपालजस्तो मुलुकका लागि संयुत्तः राष्ट्रसंघको सिड कमिटीको सदस्यमा राणा यसै वर्ष चयन हुनुभयो। राणा भन्नुहुन्छ– ‘आंशिक रूपमा महिलाहरू नेतृत्व तहमा पुगेका छन्। यसले गर्दा महिलाहरूमा केही आँट र जोस आउँछ। म जस्तै दुःख गरेका महिला त राष्ट्रपति भए। म झन् के कम भन्ने भावना क्तमिक रूपमा जागृत हुन थालेको छ।’
पुष्पा बस्नेत
सीएनएन सुपर हिरो २०१६ को उपाधि

नेपालकी पुष्पा बस्नेतले अमेरिकाको प्रतिष्ठित समाचार संस्था सीएनएनले प्रदान गरेको सीएनएन सुपर हिरोको उपाधि प्राप्त गर्नुभएको छ। सन् २०१२ मा सीएनएन हिरोको उपाधि प्राप्त गरेकी पुष्पालाई सुपर हिरो २०१६ को उपाधि दिइएको हो। काठमाडौंमा बाल विकास केन्द्र सञ्चालन गर्दै आएकी बस्नेतले अभिभावकको साथमा जेल जीवन बिताइरहेका बालबालिकालाई शिक्षा, स्वास्थ्य, खानालगायतको सुविधा प्रदान गर्दै आउनुभएको छ।

प्रमिला रिजाल आचार्य
दक्षिण एसियाली महिला विकास मञ्च अध्यक्ष

यसै वर्ष प्रमिला रिजाल आचार्य दक्षिण एसियाको आर्थिक समृद्धिका विषयमा रणनीति तयारीका लागि गठन भएको महिला विकास मञ्चको अध्यक्षमा निर्वाचित हुनुभएको छ। रिजालले नेतृत्व गरिरहेको मञ्चमा दक्षिण एसियाका महिला प्रतिनिधिहरू आबद्ध छन्। महिलाले अन्तर्राष्ट्रिय जगत्मा नेपालको नाम पहिराउनु उपलब्धिको विषय भएको सरोकारवालाको भनाइ छ।
तेरिया मगर
लिटिल मास्टर्स–३

बुटवल रुद्रपुर नेपालकी बालिका तेरिया मगरले भारतीय टेलिभिजन च्यानल जी टिभीबाट प्रसारण भइरहेको रियालीटी सो डीआईडी लिटिल मास्टर्स–३ को उपाधि यसै वर्ष जितिन्। ग्रान्ड फिनालेमा फाइनलिस्टलाई पछि पार्दै तेरियाले उपाधि हात पारेकी हुन्। अडिसन राउन्डदेखि नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आइरहेकी ११ वर्षीया तेरियाले १४ वर्षसम्मका ४० हजार प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै दर्शकबाट सबैभन्दा बढी भोट पाएर उपाधि जितेकी हुन्। यो नेपाल र नेपालीको लागी निकै खुसीको कुरा हो।

 

 

LEAVE A REPLY