ब्यायाम मन्दिरमा चिन–अप



काठमाडौं, (नेस)
नेपालकै जेठो जिमखाना नेपाल ब्यायाम मन्दिरले नव वर्ष २०७४ को स्वागत अवसर पारेर चिन–अप प्रतियोगिता र रक्तदान कार्यक्रमको आयोजना गरेको छ। काठमाडौं ज्याठास्थित मंगलबार ब्यायामशालाका खेलाडीहरुबीच गरिएको चिन–अप प्रतियोगितामा विमललाल श्रेष्ठले पहिलो स्थान हासिल गरे। विमलले ५ हजार नगद प्राप्त गर्दा दोस्रो र तेस्रो हुने सुजन तामाङ र मनोज श्रेष्ठले क्रमशः ३ हजार र २ हजार नगद हात पारे।

प्रतिक्रिया दिनुहोस्