शौचालय र रेस्टुँरासहितको बस सेवा



नेपाल समाचारपत्र
काठमाडौं
काठमाडौंदेखि पोखरा र लुिम्बनीसम्मको यात्राका लागि पर्यटकलाई शौचालय र रेस्टुराँसहितको बस सेवा सञ्चालनमा आएको छ। टाटा मोटर्स लिमिटेड भारतको एमसीभी बस सेग्मेन्टको नयाँ मोडल आईपीओ १५१२ टिएस ५५ एअर सम्पेक्सन च्यासिजमा नयाँ दिल्लीका प्रख्यात कोच तथा क्याराभान निर्माता कम्पनीमा निर्मित विशेष सुविधा सम्पन्न बडी बनाइएको कम्पनीको दाबी छ। ११ मिटर लामो बस टाटा कुमिन्स टर्वो चार्रजर्ड इन्टरकुल्ड डिजेल इन्जिनको शक्तिले सम्पन्न रहेको कम्पनीले जनाएको छ।

१ सय ३३ हर्स पावर क्षमता इन्जिन भएका वाईड बडी बस, एयर सस्पेन्सन र २८ रिक्लाइनिङ थाई रेस्ट सिटमा फोल्डेबल टेबल (ट्रे) जडित छ। २७ सिट क्षमता भएको उक्त बस चढ्नेले काठमाडौं–पोखराका लागि १७ अमेरिकी डलर र काठमाडौं–लुम्बिनीका लागि २५ अमेरिकी डलर भाडा तिर्नुपर्ने छ। सुविधा सम्पन्न बसको निर्माणमा यात्रुको चाहना, सुरक्षा र सुविधालाई पनि विशेष ध्यान दिइएको छ। विभिन्न पर्यटकीय स्थानमा आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा सम्पन्न र आरामदायी पर्यटक बसको सेवा दिँदै आएको व्यवसायीको संस्था ट्राभल नेपाल बस सर्भिस प्रालिले नेपाली तथा विदेशी यात्रुलाई लक्षित गरी ‘उमङको अनुभूति’ का साथ सुविधा सम्पन्न, आरामदायी र एयर कन्डिसनयुक्त नयाँ बस सेवा सञ्चालनमा ल्याएको हो।

बसको भित्रि भागमा काठले बनाइएका सामानको प्रयोग गरिएको छ, जुन अति आकर्षक देखिन्छ। बसभित्रै वासरुमको सुविधा पनि छ। धुम्रपानको बानी भएका यात्रुको लागि छुट्टै ठाउँको व्यवस्था पनि बसभित्रै रहेको छ। साथै यात्रुलाई चिसो तातो पेय पदार्थ र खानेकुराको व्यवस्था पनि बसभित्रै रहेको छ। सुविधासँग खान र पिउनको लागि हरेक सिटमा फोल्डेबल टेबल (ट्रे) जडित छ। आरामदायी र सुविधायुक्त यात्राको लागि रिक्लाइनिङ थाई रेस्ट सिट रहेका छन्।

यस बसको सञ्चालनसँगै नेपालभर नै विशेष सुविधायुक्त र आरामदायी यात्रामो बस अग्रणी स्थानमा रहनेमा सञ्चालकहरू विश्वस्त छन्। सञ्चालनको शुभारम्भमा ४ वटा बसले काठमाडौं– पोखरा–काठमाडौं र काठमाडौं–लुम्बिनी–काठमाडौंको विशेष सेवा शुरू गरिनेछ। नयाँ वर्षको यात्रा गर्न चाहने यात्रुले मोबाइल एप्सको प्रयोग गरेर आफ्नो गन्तब्यको टिकट बुक गर्न सक्नेछन्। ट्राभल नेपाल बस सर्भिस प्रालिमा टिकट बुकिङको लागि मोबाइल एप्सको सुविधा ई–सेवा नेपालले उपलब्ध गराउने छ। निकट भविष्यमा नै थप ५ वटा नयाँ बसले नेपालभरका एवम् नेपाल बाहिरका विभिन्न पर्यटकीय गन्तव्यमा पनि सुविधा सम्पन्न र आरामदायी पर्यटक बसहरूको सेवा विस्तार गर्ने योजनामा कम्पनी रहेको ट्राभल नेपाल बस सर्भिसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्