शिवम् सिमेन्टद्वारा एम्बुलेन्स प्रदान



काठमाडौं, (नेस)
सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले मंगलबार मकवानपुरगढी स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेको छ। एक कार्यक्रममार्पmत् कम्पनीका सञ्चालक रघु नन्दन मारुले एम्बुलेन्सको साँचो अस्पताललाई प्रदान गर्नुभएको हो।

एम्बुलेन्स हस्तान्तरणसँगै कम्पनीले एम्बुलेन्सको व्यवस्थापन तथा अन्य प्रारम्भिक खर्च स्वरूप ५२ हजार रुपियाँ बराबरको ‘सिड मनि’ पनि प्रदान गरेको छ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिको जिम्मेवारीमा हस्तान्तरण गरिएको उक्त एम्बुलेन्सले सुकौरा, बूढीचौर, आमभञ्ज्याङ, मकवानपुरगढी र हटियालगायत सो वरिपरिका जनसमुदायमा सेवा पु¥याउनेछ। हाल उक्त स्थानमा कोही बिरामी पर्दा हेटौंडा रेडक्रस र हेटौंडा अस्पतालबाट मात्र एम्बुलेन्सको सेवा उपलब्ध हुनेगरेको थियो। ती स्थानमा एम्बुलेन्स सुविधा प्राप्त गर्न करिब डेढ देखि २ घण्टासम्म समय लाग्ने र चाहिएको बखत पाउन अत्यन्तै मुस्किल पर्ने गरेकाले उक्त एम्बुलेन्स पाएपछि सो क्षेत्रका २५ हजारभन्दा बढी स्थानीयलाई प्रत्यक्ष लाभ पुग्नेछ।

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत शिवम् सिमेन्टले समय–समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, गाविसमार्फत् विद्यालय सञ्चालनमा सहयोग, स्वास्थ्य चौकी सञ्चालनमा सहयोग, वातावरण व्यस्थापनलगायत वृक्षारोपण जस्ता विभिन्न कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्