पोल्ट्री उद्योगमा आगलागी करोडौंको क्षति



बारा, (नेस)
निजगढस्थित कान्तिपुर पोल्ट्री उद्योगमा अज्ञात समूहले आगजनी गरेको छ। आगजनीबाट ५ करोड रुपियाँभन्दा बढीको क्षति पुगेको उद्योगले जनाएको छ।

आगलागीबाट पोल्ट्री फर्मको पूर्वतर्फ रहेको करिब ११ हजार माउ कुखुरा राखेर अण्डा पार्ने घर जलेर ध्वस्त भएको छ। सरसफाई र नयाँ उपकरण जडान गर्ने क्रममा कुखुरा अनेत्र सारिएकाले थप क्षति हुन नपाएको सञ्चालक नवराज पौडेलले बताउनुभयो। उहाँले विद्युतीय गडबढीको कारणले घटना नभएको दाबी गर्दै ुअघिल्लो दिनमात्र वाइरिङको काम पूरा गरिएको र हाउसमा सप्लाई रोकिएकाले विद्युत् सर्ट हुने सम्भावना थिएन, उहाँले भन्नुभयो- घटना रहस्यमय छ।ु गहिरो अनुसन्धान गरेर प्रहरीले दोषी पत्ता लगाउनुपर्ने पौडेलको माग छ।

उद्योग नजिक पूर्व तर्फबाट आएको समूहले पेट्रोल प्रयोग गरेर आगजनी गरेको हुन सक्ने अनुमान स्थानीयको छ। इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक दीपककुमार रायले घटनाको बारेमा अनुसन्धान भइरहेको बताएका छन्।

दुई वर्षअघि सञ्चालनमा आएको कुखुराको सुलीबाट दुर्गन्ध निस्केको भन्दै केही स्थानीय र राजनीतिक दलका कार्यकर्तासमेत पछिल्लो समयमा सो फर्म बन्द गर्न माग गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्