पूर्व राजकुमारीलाई पक्षघात



पूर्व राजकुमारी प्रेरणा सिंहलाई पक्षघात भएपछि अस्पतालमा भर्ना भएकी छिन । उनलाई हिजो शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल भर्ना गरिएको हो ।

मस्तिष्कमा रगत जमेको प्रेरणाको स्वास्थ्यमा अहीले सुधार भैरहेको बताइएको छ ।
पक्षघात भएर अस्पताल भर्ना गरिएपछि पूर्व राजा ज्ञानेन्द्र शाह छोरीलाई भेट्न आज सनिबार बिहान र बेलुका अस्पताल पुगेका थिए ।

३९ वर्षीया पूर्व राजकुमारी बिरामी भएर अस्पताल भर्ना भएसँगै उनलाई भेट्न पूर्व राजपरिवारका सदस्यहरु अस्पताल गईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्