भारत नदिया जिल्लामा भानुभक्तको सालिक



काठमाडौँ, २६ चैत । मूर्तिकलाका निम्ति भारतको प्रसिद्ध सहर कृष्णनगर-पश्चिम बङ्गालको नदिया जिल्लामा आदिकवि भानुभक्त आचार्यको अर्धकदको सालिक स्थापना गरिएको छ ।

कोलकातादेखि ४५ किमि दूरीमा पर्ने कल्याणी नगरपालिकाको सम्पूर्ण रेखदेख र नेपाली जनसेवा समाजकल्याणको सहयोगमा गत हप्ता नेपाली वाणिज्यदूतावास कोलकाताका महावाणिज्यदूत एकनारायण अर्याल र नगरपालिकाका चेयरम्यान सुशीलकुमार तालुकदारको सालिगको अनावरण गर्नुभयो ।

सो अवसरमा नेपाली जनसेवा समाज, कल्याणीको वार्षिक मुखपत्रको पाँचौ अङ्क सार्वजनिक गरिएको लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान कोलकाताका सचिव विकास कार्कीले जानकारी दिनुभयो । मूर्ति स्थापनाका लागि नगरपालिकाका पूर्व चेयरम्यान डा निलेमेष राय चौधरी, वर्तमान चेयरम्यान तिलुकदार र काउन्सिलर निवेदिता वासुलगायतले सहयोग गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्