टुँडिखेलमा उजिरसिंहको सालिक



नेपाल समाचारपत्र
पाल्पा

तत्कालीन नेपाल अंग्रेज युद्धमा सेनापतिको भूमिका निर्वाह गरी जितगढीको युद्धमा नेपाली सेनालाई विजय गराउन अग्रणी भूमिका निर्वाह गर्ने कर्णेल उजिरसिंह थापाको सालिक पाल्पाको टँुडिखेलमा निर्माण भएको छ। पाल्पाका तत्कालीन कर्णेल उजिरसिंह थापाको पूर्ण कदको सालिक शुक्रबार तानसेनमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अनावरण गर्नुभयो।

सो अवसरमा बोल्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको महŒवपूर्ण राष्ट्रिय हितको संरक्षण गर्दै नेपालीको हकहित गर्ने कार्यमा नेपाली सेना सदा समर्पित रहने बताउनुभयो।

उहाँले जस्तोसुकै कठिन परिस्थितिमा पनि नेपाली सेना संवेदनशील भई निःस्वार्थ भावले देश र जनताप्रति समर्पित रहनेसमेत बताउनुभयो। नेपाली सेनाले इतिहासदेखि नै देश र जनताका लागि सधंै बहादुरी देखाएको स्मरण गर्दै एैतिहासिक कोत, किल्ला र गढीको संरक्षणमा नेपाली सेनाको योगदान रहेको उहाँले बताउनुभयो।

विसं १८७१ मा बुटवलको जितगढीमा अंग्रेज फौजसँगको लडाइँमा कर्णेल उजिरसिंह थापाले चातुर्यता, उच्च मनोबल र रक्षात्मक आक्रमणमा विजयी प्राप्त गरेका थिए। उनले देखाएको बहादुरीको स्मरण गर्दै चण्डीप्रसाद गणले पाल्पा उद्योग वाणिज्य संघको सहयोगमा करिब ५ लाखको लागतमा कर्णेल उजिर सिंह थापाको सालिक निर्माण गरेको हो।

प्रतिक्रिया दिनुहोस्