वाईवाईको ‘बनौं आदर्श नागरिक अभियान



काठमाडौं, नेस
चौधरी गु्रपअन्तर्गतको सिजी फुड्स प्रालिको उत्पादक वाईवाई चाउचाउले सामाजिक जनचेतना अगाडि उद्धेश्यले ‘बनौं आदर्श नागरिक अभियान शुरू गरेको छ।

अभियानले सडक दुर्घटना न्यूनीकरण र दुर्घटना भएपछि घाइतेलाई अस्पताल लैजानको लागि आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ। दुर्घटनामा परेका व्यक्तिलाई अस्पताल लैजानेलाई ग्रुपले ११ सय रुपियाँ आर्थिक सहायता उपलब्ध गराउने भएको हो। यसको लागि चौधरी गु्रपले ट्राफिक प्रहरी र सडक सुरक्षा समितिसँग सहकार्य गरेर अगाडि बढ्ने जनाएको छ।

सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतना बढाउन वाईवाईमार्फत् अभियान शुरू गर्न लागेको जनाएको छ। ‘वाईवाईमार्फत् हामीले विगतमा पनि सामाजिक जनचेतना फैलाउने अभियान सञ्चालन गरेका थियौं, गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताउनुभयो। अभियान सञ्चालनको लागि ग्रुपले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया लिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्