१९५० को सन्धि समयसापेक्ष हुनुपर्नेः प्रम



काठमाडौं, (नेस)
सन् १९५० को शान्ति तथा मैत्री सन्धि समयसापेक्षरूपमा पुनरावलोकन हुनुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय टोलीलाई बताउनुभएको छ। बिहीबार बिहान भारतीय टोलीसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो।

जवाफमा भारतीय टोलीका संयोजक भगत सिंह कोरियारीले सो सन्धि पुनरावलोकन गर्न भारत सकारात्मक रहेको जवाफ दिनुभएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो।

सो भेटघाटमा नेपाली टोलीका सदस्य भने सहभागी थिएनन्। भारतीय टोली राजनीतिक भेटवार्ताका व्यस्त भएपछि बिहान पौने १० बजे शुरू हुनुपर्ने बैठक करिब १ घण्टा ढिलो शुरू भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्