सडक निमार्णमा ठेकेदारको लापरबाही



उत्तम नेपाल, झापा  ।

कल्र्भट निर्माणमा ठेकेदार कम्पनीले मापदण्ड अनुसारको सामाग्री प्रयोग नगरेका कारण पाइप कल्र्भट चर्किएको पाइएको छ । झापाको सहायक राजमार्ग अन्तरगतको चाराआली भद्रपुरहुदै केचना सडक खण्ड निर्माण कार्यमा गुणस्तरहीन सामाग्री प्रयोग भएको खुलासा भएको छ ।

ठेकेदार कम्पनीले निर्माण कार्यमा गुणस्तरहीन सामाग्री प्रयोग गर्नाले बाटो निमार्ण भएको एक वर्ष पनि टिक्न नसकेका स्थानिएले बताउछन् ।

नर्माण कार्य गुणस्तरयुक्त बनाउनु पर्नेमा ठेकेदार कम्पनीले सरकार तथा जनताको आखा छल्दै गुणस्तरहीन बनाइरहेको स्थानीयले आरोप लगाएका छन् ।

चाराआलीदेखि चन्द्रगढी सम्म निर्माण भइरहेको पाइप कल्र्भटमा ठेकेदारले कमसल सामाग्री प्रयोग गरिरहेको स्थानीय सीताराम पराजुलीले बताए । ठेकेदारले माटो मिसाएको बालुवामा सिमेन्टको मात्रा कम प्रयोग गरेकाले पाइप कल्र्भटहरु चर्किन थालिसकेकोेले यसको टिकाउ नहुने भन्दै ठेकेदारमाथी आरोप लगाए ।

कल्र्भट निर्माण कार्य माटो खन्ने देखिनै ठेकेदार पक्षले काम विगारेकोले यसको तत्काल छानविन हुनुपर्ने तारानाथ चौलागाईले माग गरे । कल्भर्ट बनाउदा ठेकेदारले लापरबाही ढंगले निर्माण कार्य गरिरहेकोले यसको अवधि दिर्घकालीन नहुनेमा स्थानीय ईश्वर खतिवडाले बताए ।

चार दशक लामो संघर्ष पश्चात चाराआली–केचना सडक खण्ड निर्माण कार्य माघदेखि सुरु भएको हो । भौतिक पूर्वाधार तथा यातायत मन्त्री रमेश लेखनले असोज १७ गते शिलान्यस गरेको तीन महिनापछि स्थानीयबासीको दवाव निर्माण सुरु भएको छ । ४० किलोमिटर लामो सडक खण्ड अन्तरगत ० देखि २० किलोमिटर सडक बनाउने ठेक्का कालिका, कनकाई र याकथुमहाङ्ग जेभीले लिएको हो ।

निर्माण कम्पनीले भ्याट सहित ४१ करोड ६१ लख ८४ हजार १ सय ४२ रुपैयामा ठेक्का लिई ३० महिनामा सम्पन्न हुने गरी कार्य सुरु गरेको हो । सडकको सर्भिस लेन ३ किलोमिटर र ५.५ मिटर दुवै तर्फ हुने छ । सडकमा ६० वटा पाइप कल्भर्ट, दुई वटा स्लाब कल्भर्ट, एउटा वक्स कल्भर्ट र एउटा कज्वे हुने छ । अहिले ठेकेदारले पाइप कल्भर्टको निर्माण कार्य धमाधाम गरिरहेको देखिन्छ ।

पाइप कल्र्भट निर्माण भइरहेको सडक खण्डमा ठूलठूला सवारीसाधन चल्ने गरेको छ । त्यहा चार वटा सिमेन्ट उद्योग रहेका छन् । गुणस्तहीन बनाइएको कल्र्भट माथिबाट चल्ने मालकबाहक ट्रकले कल्र्भट थेग्न नसक्ने हुदा कल्र्भटको अवधि पनि थोरै हुनेमा स्थानीय चिन्तित बनेका छन् ।

निर्माण कम्पनीका सव इन्जिनियर सञ्जिव ठाकुरले समाचार बाहिर नलाइदिनु हामी मर्मत सम्भार गर्छु भन्दै पन्छिन खोजेका थिए । तर, स्थानीयले बोल्न दवाव दिएपछि ठाकुृरले हामीबाट कुनै गल्ती नभएको बताए । हुलाकी राजमार्ग आयोजनाका झापा इन्जिनियर उपेन्द्र दासले कल्र्भट निर्माण कार्य दुई-चारवटा बिग्रीएको स्वीकारदै कम्पनीले फिल्ड कर्मचारीलाई निर्देशन दिइसकेको बताए ।

निर्माण कार्य गुणस्तयुक्त बनाउन समेत कम्पनीका प्रतिनिधिलाई यसबारेमा जानकारी गराइसकेको उनको भनाई छ ।

स्थानीय जनताको आर्थिक विकासको भविष्य जोडिएको चाराआली केचना सडकमा गुणस्तरयुक्त काम हुनुपर्ने स्थानीयको भनाई छ । ठेकेदार कम्पनी पक्षले गरिरहेको कामप्रति कसैको चित्त बुझेको छैन ।

ठेकेदारले निर्माण गर्दै गरेको कल्भर्ट र दुवै पटटी खनिएको नाला मापदण्ड विपरित बनाएकोले तत्काल स्थानीय प्रशासनदेखि सडक विभाग, मन्त्रलाय सम्मका कर्मचारीले यसतर्फ ध्यान दिई निर्माण कार्यको गुणस्तर हेर्नु पर्ने परिस्थिती आएकोे स्थानीय घनश्याम रेग्मीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्