परिवारबाट छुट्टिन चाहने बढ्दै



हेटौंडा,(नेस) । एउटै परिवारका एक सदस्यले अर्का सदस्यलाई मुद्धा हाल्ने प्रचलन बढेको देखिएको छ । यसले पारिवारिक बेमेलको अबस्थालाई संकेत गरेको छ । बाबुु, छोरा, पत्नी, दाजुभाइ, छोरी, नाति, नातिनी, बुहारीलगायतले मुद्धा दायर गरेका हुन् ।

आफ्ना चित्त नबुझेका कुराहरु एकआपसमा छलफल गरेर भन्दा पनि अदालतमा गएर न्याय लिने क्रम बढ्दै गएको देखिन्छ । यस्तो मुद्धा परिवारका एक सदस्यले अर्का सदस्यलाई विभिन्न कारणबाट ‘दोषी’ देखाएर दायर गरिएका मुद्धा हुन् ।

जिल्ला अदालत मकवानपुरमा मुद्धाको रेकर्डअनुसार परिवारका एक सदस्यले अर्का सदस्यलाई हालेका मुद्धा सबभन्दा बढी छन् । बिहे भएपछि छोराबुहारीले त्यही घरको एउटा कोठामा छुट्टै भान्सा बनाएर भात पकाउन थालेपछि चिनेजानेका र छरछिमेकहरु भन्छन्–बाक्लो दाल खान थालेछौ, राम्ररी बस्नू ।

यसरी भान्सा अलग गर्नु कतिपयका लागि बाध्यता होला, कतिपयको सोख त कतिपयको देखासिकी ।

बदलि“दो विश्व परिवेश, केही पढेर वा जानेर नोकरीका लागि बाहिरिने प्रवृत्ति र बाहिरी संसारमा रमाउने चाहनासहित दाजुभाइबीच सम्पत्ति जोड्ने प्रतिष्पर्धालगायत कारण मकवानपुर क्षेत्रमा मनस“गै परिवार टुक्र्याउनेहरुको संख्या दुई वर्षबीच निकै बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७१÷०७२ मा हेटौंडा नगर क्षेत्रमा दाजुभाइ र दिदीबहिनीबीच संगोलमा बस्ने चाहने भन्दै सरकारी निकायको अनुमति लिएका परिवारको संख्या केवल ३९ मात्र देखियो । जबकि मकवानपुरका ग्रामीण क्षेत्रमा आफ्ना सम्पत्ति संगोलमा दर्ता कायम गर्नेहरु २७ परिवारमात्र थिए ।

उक्त संख्या आर्थिक वर्ष २०७२÷०७३ मा निकै घटेको देखिन्छ । उक्त अवधिमा थाहा नगर क्षेत्रका १ सहित ३१ परिवारले संगोलमा बस्न मञ्जुरी जनाउ“दा ग्रामीण क्षेत्रका त्यस्ता परिवारको संख्या २७ बाट खुम्चिएर ५ मा सीमित रहेको देखियो ।

आव २०७१÷०७२ मा हेटौंडा र थाहा नगर क्षेत्रमा १ सय ८६ जनाले पैतृक सम्पत्तिको अंशवण्डा गर्दा उक्त संख्या गत आर्थिक वर्षमा निकै बढेर ५ सय ९ पुगेको थियो । ग्रामीण क्षेत्रमा अंशवण्डा गर्ने परिवारको संख्यामा पनि निकै बढोत्तरी देखिन्छ । आव २०७१÷०७२ मा ग्रामीण क्षेत्रका १ सय ५८ परिवारले जिल्ला मालपोत कार्यालयमा अंशवण्डा गर्दा उक्त संख्या गत आवमा झण्डै दोब्बर बढेर २ सय ९७ पुगेको थियो ।

मकवानपुरमा सम्वन्ध बिच्छेद गर्नेको संख्यामा बृद्धि भएको छ । चालु आर्थिक वर्षको ८ महिना अवधिमा मकवानपुरबाट सम्वन्ध बिच्छेदका लागि मुद्धा दर्ता गर्नेहरुको संख्या बढेको हो । साउनदेखि हालसम्म मकवानपुरमा २ सय ११ वटा सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।
सम्बन्ध बिच्छेदका लागि परेका २ सय ११ वटा मुद्धामध्ये १ सय ६४ वटा मुद्धा फछ्र्यौट भइसकेका छन् भने ४७ वटा मुद्धा फछ्र्यौट हुन बा“की रहेको अदालतको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षको ८ महिनामा मकवानपुरमा सम्बन्ध बिच्छेदका लागि मुद्धा दर्ता गराउनेको संख्या बढेको जिल्ला अदालत मकवानपुरका स्रेस्तेदार अनन्तराज मरासिनीले जानकारी दिए । अंशमा २ सय ३९ वटा, लागुऔषधमा १ सय ४७ वटा, जग्गा सम्बन्धि १ सय १९ वटा मुद्धासहित यस आर्थिक वर्षको हालसम्म मकवानपुरमा १ हजार १ सय ८२ वटा मुद्धा दर्ता भएका छन् । जसमध्ये ६ सय ३४ वटा मुद्धा फछ्र्यौट भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्