अबैद्धरुपमा खोटो संकलन, दिनानुदिन बन बिनास



ललित सिहं,बझाङ्ग ।

अबैधरुपमा खोटो संकलनले जिल्लाका ग्रामीण भेगमा रहेका सल्लाका रुख मासीदै गएका छन् । सडक पिच गर्नको लागी आवश्यक पर्ने खोटो संकलन गर्दा राज्यको र जिल्ला बन कार्यालयको नियम र कार्य बिधि बिपरीत ठेकेदारले खोटो संकलन गर्दा सल्लाका रुख सुक्दै जानुका साथै बन बिनास भैरहेको छ ।

यसरी दामासाई खोटो संकलनले ग्रामीण भेगमा रहेका बस्तीहरु भुक्ष्य र पहिरो जाने ,आगलागी हुने समस्या देखिदै आएको नेपाली काग्रेशका क्षेत्रीय सभापती भक्तराज जोशीले बताउनु भएको छ ।

जिल्लाका दजनौ भन्दा बढी गाबिसका अधिकांश बनहरुका खोटो संकलन गने कार्य भैरहेको छ । उपभोक्ता समितिले राजश्व बढाउन र आफ्नै निजी स्वार्थकालाई बन उपभोक्ता समितिले ठेकेदारलाई खोटो संकलन गर्न दिएको छ । स्थानीय सरोकारवाला निकाय र उपभोक्ताहरु,ठेकेदारको मिलोमतोमा ग्रामीण बस्तीका हरीयाली सल्लाघारी बन दिनानु दिन बिनास र उजार्ड भैरहेको स्थानिय जोग बहादुर कठायतले बताउनु भएको छ ।

खोटो संकलन गर्दा सरकारले निश्चत मापदण्ड बनाएको भए पनि यता ठेकेदारले र स्थानीय उपभोक्ताहरुलाई पैसाको लालच देखाई जथाभाबी खोटो संकलनमा सोली लगाई र निषेधित घोषणा बन क्षेत्रमा आफ्नो मनचाहिदो हिसाबले खोटोसंकलन गदै आएका स्थानिय रामप्रसाद जोशीले भने।

जिल्लामा अबैधरुपमा खोटो संकलनले दिनका दिनबन बिनास र सल्लाकारुख सुक्दै गएका छन् यहांको जिल्ला बन कार्यालय भने सामुदायीक बनका उपभोक्ताले आफ्नो निजी स्वार्थ र आफ्नो सामुदायिक बनको राजश्ब बढी संकलन गर्नको लागी खोटो संकलन गर्न दिएको बताएको छ ।

बन सम्मबन्धी बिभिन्न नियम कानुन बनाएका छन् यस्ता नियम बिपरीत कार्यहरु भैरहेको भन्न पनि सुन्न आएको छ यस्ता बन बिनास गर्ने कार्यहरु गने जोकोहिलाई पनि कानुनको दायरामा ल्याएर कावाही गर्ने र खोटो संक्लक ठेकेदार र उपभोक्ताहरुलाई खबरदारी गदै आएको जिल्ला बन अधिकृत असोक कुमार श्रेष्ठले बताउनु भएको छ ।

जिल्लामा भने आर्थिक बर्ष ०७२ र ०७३ मा ३६५ सामुदायीक बनहरु रहेका छन् । भने यी मध्ये जिल्लाका बिभिन्न ठाउमा रहेका १८ सामुदायीक बनमा खोटो संकलन गर्न अनुमती दिएको जिल्ला बन कार्यालय बझाङ्गले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्