निर्वाचनपूर्व अनुगमन



कालिकोट, (नेस)
राष्ट्रिय मानव अधिकार आयोगको उच्चस्तरीय टोलीले कालिकोट, जुम्ला र मुगुमा निर्वाचनपूर्वको मानव अधिकार अवस्थाका बारेमा अनुगमन शुरू गरेको छ।

आयोगका सदस्य गोविन्द शर्मा पौडेलको नेतृत्वमा केन्द्रीय कार्यालयका योजना अधिकृत डाक्टर टीकाराम पोखरेल, मानव अधिकार अधिकृत घनश्याम भण्डारी, उपक्षेत्रीय कार्यालय जुम्लाका नासु राजेन्द्र न्यौपानेलगायतको टोलीले समोबार कालिकोट जिल्लामा निर्वाचन पूर्वमानव अधिकारको अवस्थाका बारेमा मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजलगायतसँग जानकारी लिएको छ।

सरकारद्वारा आगामी ०७३ वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन पूर्वसन्ध्यामा राजनीति दल भातृ संगठनका गतिविधिले मानव अधिकारमा पर्न सक्ने प्रभाव, बालबालिकाको प्रयोगलगायतका विषयमा जानकारी लिन आएको आयोगको उच्चस्तरीय टोली आजै मुगु प्रस्तान गरी जुम्ला पुग्ने उपक्षेत्रीय कार्यालय जुम्लाका नासु राजेन्द्र न्यौपानेले बताएका छन्।

स्थानीय निर्वाचनले देशमा द्वन्द्व निम्ताउने जिकिर गर्दै नेता विकले अहिले निर्वाचन गर्नु तीन दलको मूर्खता भएको दाबी गर्दै कांगे्रस, एमाले र माओवादी केन्द्रको आलोचना गर्नुभयो। जनताको चाहानाविपरीत हुनलागेको निर्वाचनले क्रान्ति निम्ताउने बताउँदै जबरजस्त निर्वाचन गरिए जनताले प्रतिकार गर्नसक्ने बताउनुभयो। उहाँले राज्य सञ्चालकहरूले राष्ट्रघात गरेको दाबी गर्दै देश र जनताको मुक्तिका लागि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुको विकल्प नभएको बताउनुभयो।

यस्तै यही चैत १५ गतेदेखि सम्पर्कविहीन भएका दशरथचन्द नगरपालिका–१० बुड्डाका नरबहादुरको शव आज घरनजिकै महाकाली किनारमा सडेको अवस्थामा फेला परेको हो। शव सडेको हुनाले परीक्षण नगरी आफन्तको जिम्मा लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्