प्रहरीको पहलमा बालविवाह रोकियो



कालीबहादुर मल्ल, कालिकोट
जिल्लाको तिलागुफा नगरपालिका–२ मा एक जोडीको बालविवाह रोकिएको छ। स्थानीय बाल सञ्जालले बालविवाह गरेको आरोपमा प्रहरी चौकी नाग्ममा जरुरी दिएपछि बालविवाह रोकिएको हो।

तिलागुफा नगरपालिका–२ का १६ वर्षीया अन्जु विकले सोही नगरपालिका–६ का बखत विकसँग चैत १६ गते बालविवाह भएको थियो। बालविवाह भएको थाहा पाएपछि स्थानीय बाल सञ्जालले प्रहरी चौकीमा उजुरी दिएको र प्रहरी चौकी नाग्मको पहलकदमीमा बालविवाह रोकिएको बाल विकासमा काम गर्दै आएका प्रकाश शाहीले बताए। ‘बालविवाह भएको थाहा पाएपछि स्थानीय बाल सञ्जालको सहयोगमा प्रहरीमा उजुरी गरेका थिए’, उनले भने– ‘प्रहरीको रोहवरमा नै बालविवाह रोकिएको छ।’

बालविवाह एउटा समस्याका रूपमा नै आएको बालविवाह रोक्न स्थानीयले सहयोगमा बालविवाह रोकिएको प्रहरी चौकी नाग्मका इन्जार्ज गौरव अधिकारी बताए। ‘हामीले स्थानीय बाल सञ्जालको सहयोगमा बालविवाह रोकेका छौं’, उनले भने– ‘बालविवाह रोक्न अहिले गाउँका बालबालिका नै सक्रिय हुनथालेका छन्।’

प्रहरी चौकी इन्चार्ज अधिकारीअनुसार बालविवाह गर्ने जोडीलाई अहिले अभिभावकको जिम्मा लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्