दर्शक अभावले भत्काइँदै हल



नेपाल समाचारपत्र, हेटौंडा । मकवानपुरमा चलचित्र प्रदर्शन गृहको इतिहास बोकेर हेटौंडामा रहेको चर्चित र पुरानो सिनेमाहलमा दर्शक अभाव देखिएपछि भत्काइने भएको छ । हल वैशाख १ गतेबाट भत्काउने तयारी गरिएको हो ।

हेटौंडा–४ मा रहेको ओम चलचित्र मन्दिरले पछिल्लो समय दर्शक अभावको पीडा खेप्नुपरेको छ । घरघरमा टेलिभिजन र इन्टरनेटको बढ्दो प्रयोगको प्रत्यक्ष असर सिनेमाहलमा परेको हो ।

उपत्यकाबाहिर नेपाली चलचित्रको ठूलै दर्शक तान्ने हलका रुपमा परिचित ओम चलचित्र मन्दिर भत्कने भएपछि दर्शक चिन्तित बनेका छन् ।

२०४४ सालमा करिब ६५ लाख लगानीमा सिनेमाहल निर्माण गरिएको थियो । करिब सात सय दर्शक अटाउने क्षमता रहेको उक्ते सिनेमाहल मकवानपुरको ठूलो सिनेमाहलका रुपमा परिचित छ । उक्त सिनेमाहलले चार वर्षअघि करिब तीस लाख खर्च गरेर सिष्टमलाई आधुनिक रुप दिएको थियो ।

सिनेमाहलमा चलचित्र हेर्न आउने दर्शकको उपस्थितिमा दिनप्रतिदिन कमी आएपछि सिनेमाहल सञ्चालनमा घाटा बेहोर्नुपरेको भन्दै भत्काउनुपर्ने अवस्था आएको सञ्चालकले बताएका छन् । कुनै ठूलो साँस्कृतिक कार्यक्रम उक्त हलमा सञ्चालन हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्