मायामीमा जितेका फेडेरर विश्रामतिर



लन्डन, (एजेन्सी)
रोजर फेडेररले मायामी ओपन टेनिसको उपाधि आइतबार जितेपछि करिब २ महिना कोर्टबाट विश्राम लिने आशा गरेका छन्।

३५ वर्षीय स्विस खेलाडीले स्पेनका राफाल नाडाललाई हराएर यस वर्ष तेस्रो उपाधि जितेका हुन्। यो उनको तेस्रो मायामी ओपन उपाधिसमेत हो। फेडेररले विश्रामबाट आगामी मे २८ देखि शुरु हुने फ्रेन्च ओपनका लागि तयारी गर्न उनलाई सहयोग मिल्ने बताए।

१८ पटकको ग्रान्डस्लाम विजेताले भने– ‘विश्रामको समय क्लेकोर्टको सिजन हुनेछ। मेरो ध्यान फ्रेन्च ओपनमा हुनेछ। त्यसपछि ग्रास र अनि हार्डकोर्टमा हुनेछ। म अहिले २४ वर्षको पनि होइन धेरै खेल्नका लागि।

फेडेररले सन् २००९ मा रोलान्ड ग्यारोस प्रतियोगिता जितेका थिए। यदि उनले विश्राम लिने सोचेका हुन् भने उनी मोन्टे कार्लो मास्टर्स, मेड्रिड ओपन, रोम मास्टर्स र इस्टानबुल ओपनबाट बाहिरिने छन्।

प्रतिक्रिया दिनुहोस्