६ पत्नीबाट ५४ सन्तान



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानको बलुचिस्तान प्रान्तमा भइरहेको जनगणनामा ५४ बच्चा भएको एउटा परिवार फेला परेको छ। ती बच्चामध्ये १२ जनाको मृत्यु भइसकेको छ भने ४२ जना अहिले पनि जीवितै छन्।

५० भन्दा धेरै सन्तान जन्माएका हाजी अब्दुल मजिद बलुचिस्तानको नुस्की जिल्लाको भएको जनाइएको छ।

नुस्की प्रान्तीय राजधानी क्वेटाबाट करिब १ सय ३० किलोमिटरपूर्व अफगानिस्तानसँगको सिमानामा पर्छ। ७० वर्षका अब्दुल मजिद पेसाले ड्राइभर हुन्।

अब्दुल मजिदले ६ वटा विवाह गरेका थिए। उनकी पत्नीहरूमा दुईको मृत्यु भइसकेको छ भने ४ पत्नी उनीसँगै बस्दै आएका छन्।

अब्दुलको ४२ जीवित सन्तानमा २२ छोरा र २० छोरी छन्। यो जनगणनाअगाडि क्वेटा शहरका निवासी जान मोहम्मद खिलजीलाई सबैभन्दा धेरै सन्तान भएका पिता भनिएको थियो। जान मोहम्मदका ३६ बच्चा छन्।

प्रतिक्रिया दिनुहोस्