नयाँ शक्तिको धर्ना



अनिल खत्री, गुल्मी ।

दलिय चुनाव चिन्हको माग गर्दै नयाँ शक्क्ति पार्टी नेपाल गुल्मीले जिल्ला निर्वाचन कार्यालय गुल्मीमा धर्ना दिएका छन् । केन्द्रिय कार्यक्रम अनुसार पार्टीकका कार्यकर्ताले बिहान ९ बजेबाट धर्ना दिईरहेका हुन् । कार्यालयको गेटमा पार्टीका नेता तथा कार्यकर्ता धर्नामा बसेसगैं कामकाज प्रभावित भएको छ ।

धर्नाको क्रममा पार्टीका जिल्ला अध्यक्ष पुनराम ज्ञवालीले सरकारले जबरजस्ती नयाँ शक्क्ति पार्टीलाई चुनावमा लैजान नचाएको भन्दै आक्रोस व्यक्त गरे । देसका २७ दलले सिण्डीकेट लाद्न खोजेकोले सबै जनतालाई त्यो मान्यनहुने बताए ।

अध्यक्ष ज्ञवालीले सरकारले केन्द्रिय कार्यालयमा शान्तिपुर्ण आन्दोलनमा बसेका आफना नेतामाथी जबस्ती धरपकड गरेर आन्दोलनलाई उग्र बनाउन खोजेको भन्दै शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारलाई हनन् नर्गन चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्