म्यादी प्रहरीमा मृत्यु भएकालाई शहीद घोषणा गर्न माग



कुमार श्रेष्ठ, बाँके ।

म्यादी प्रहरीका लागि आएका बेला शारीरिक परीक्षणका क्रममा प्रहरी तालिमकेन्द्रमा मृत्यु भएका टोलबहादुर थारुलाई शहीद घोषणा गर्न माग गरिएको छ ।

बाँकेका बैजापुरका थारुका आफन्तीहरुले आइतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै उक्त माग राखेका हुन् ।

‘टोलबहादुर राष्ट्र र जनताको सेवा गर्ने उद्देश्यले म्यादी प्रहरीमा भर्ना हुन आएको अवस्थामा शारीरिक परीक्षण पास गरी क्षेत्रीय प्रहरी तामि केन्द्रको हाताभित्र मृत्यु भएको हुँदा उसलाई शहीद घोषणा गरी पत्नी, नाबालक छोराको स्वास्थ्य, शिक्षाका लागि उचित क्षतिपूर्ति दिलाउनका लागि यो ज्ञापनपत्र पेश गरेका छौं, आफन्तहरुले भनेका छन् ।
२९ वर्षीय थारुको शनिबार एक किलोमिटर दौड पूरा गरेपछि सेटअफ, पुसअफ गर्ने क्रममा बेहोस भई मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्