भारतको मनोमानीका कारण नेपालीलाई मार– फेरी बढ्यो विद्युत महशुल



भारतको मनोमानीका कारण फेरी यस बर्ष पनि नेपालीलाई विद्युत महशुल महंगो भएको छ । भारतको बेवास्ताका कारण भारतबाट आयात हने विजुली शनिबारदेखि थप महंगो भएको हो ।

भारतीय पक्षबाट नेपाल–भारत पावर एक्सचेन्ज कमिटीको बैठक बस्न चासो नआएपछि यो वर्ष पनि नेपालीलाई विजुली महंगिएको हो । भारतीय बेवास्ताकै कारण सन् २०११ मा बसेको पावर एक्सचेन्ज कमिटीको पछिल्लो बेठक अहिलेसम्मै बसेको छैन ।

यता पावर एक्सचेन्ज कमिटीले मूल्य पुनरावलोकन नगर्दा विजुली खरिद–बिक्री दर लगातार बढेको बढै छ ।

२०११ को बैठकमा हरेक वर्ष बैठक बस्ने गरी वाषिर्क ५.५ प्रतिशतका दरमा विजुलीको मूल्य बढाउने सम्झौता भएको थियो । तर, त्यसपछि सो समितिको बैठक नबस्दा नेपाललले वाषिर्क रुपमा विजुलीको मूल्य बढ्दै गर्दा पनि तिर्न बाध्य भईरहे र यो वर्ष पनि सोही नियति दोहोरिएको छ ।

पावर एक्स्चेञ्ज कमिटीमार्फत नेपाल आउने सामान्य विद्युत् बजारको मूल्यभन्दा दोब्बर जत्तिकै भईसक्दापनि भारतले यो बैठक बस्न चासो देखाएको छैन ।

बैठक बस्न अति जरुरी भएकाले आफ्नोतर्फबाट भारतीय पक्षलाई स्पष्ट रुपमा बैठक राख्न आग्रह गरिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताएका छन ।

नेपालल यो बैठक बसाल्न पटक–पटक पहल गरेपनि भारतीय पक्षले चासो नै दिएको छैन । शनिाबारबाट ११ केभीसम्मका ४ वटा, ५३ केभीसम्म प्रसारणलाइनका ६ वटासहित गण्डक र सुरजपुरा नाकाबाट आउने विजुली महंगो भएको छ ।

झण्डै २ सय मेगावाट विजुलीको मूल्य थप मंहगिएको छ । टनकपुर र ढल्केबर प्रसारणलाइनबाट भने पावर ट्रेडअन्तरगतको विजुली भएकाले त्यो महंगिएको छैन । दुई प्रसारणलाइनबाट १६५ मेगावाट विजुली आइरहेको छ ।

सन् २०११ अघि प्रत्येक वर्ष ८ प्रतिशतले भारतीय विजुली स्वतः वृद्धि हुन्थ्यो । त्यसबेला ५.५ प्रतिशतमा झारिएपनि अहिले त्यो वृद्धिदर पुनरावलोकन गर्नैपर्ने अवस्था छ । बैठक नबस्दा छैंटौं पटक नेपाल आउने विजुली स्वतः महंगिएको हो ।

अब ११ केभीको ट्रान्समिसनबाट आउने भारतीय विजुल महंगिएर प्रतियुनिट ६.९ भारु पुगेको छ । त्यसैगरी ३३ केभी ट्रान्समिसनबाट आउने एक युनिट विजुली अब महंगिएर ६.४२ भारु पर्ने भएको छ ।

१३२ केभीमार्फत ५० मेगावाटसम्म ल्याउँदा ५.९२ भारु तिर्नुपर्ने भएको छ । अब ५० मेगावाट बढी भारतीय विजुली ल्याउँदा प्रतियुनिट ५.८५ भारु तिर्नुपर्नेछ ।

हिजोसम्म ११ केभी प्रसारणलाइनबाट प्रतियुनिट ६ रुपैयाँ ५४ पैसा भारु, ३३ केभीमार्फत आउने ६.०८ भारु र १३२ केभीमार्फत ५० मेगावाटसम्म ल्याउँदा ५.६२ भारु र ५० मेगावाट बढी ल्याउँदा ५.५५ भारु तिरिरहेको थियो । अब यसमा ५.५ प्रतिशत मूल्य स्वतः बढेको छ ।

११ केभी प्रशारणलाइनबाट भारतबाट आउने बिजुली अब ११.०३ नेपाली रुपैयाँसम्म पर्ने भएको छ । सस्तोको बिजुली पनि न्युनतम् ९ रुपैयाँ ३६ पैसासम्म पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्