हामी नेपाली मौलिकताको समाजवाद निर्माण गर्देछौं – प्रधानमन्त्री



नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरेर समाजवादी क्रान्तितिर पाइला चाल्ने बस्तुगत परिस्थिति तयार भएको बताउँदै अब नेपालमा आफ्नै मौलिकतासहितको समाजवाद निर्माण हुने बताउनु भएको छ ।
चाइना रिफर्म फोरमको प्रतिनिधि मण्डलसँग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । उहाँले नेपालका बहुसख्यक जनता कम्युनिष्ट समर्थक रहेको बताउँदै अति उग्र र अति दक्षिणपन्थी सोंचहरुवाट कम्युनिष्ट आन्दोलनलाई बचाएर अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिनु भयो ।

माक्र्सवादीहरुले अरु देशको नक्कल होइन, आफ्नै देशको ठोस परिस्थितिको मूल्यांकन गरेर अघि बढ्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले अगाडि भन्नु भयो ‘माक्र्सवादको अभ्यास गर्ने क्रममा केही मौलिक चिजहरुको विकास हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्