ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु ।



 

नेपाल समाचारपत्र, दोलखा ।

विहिवार राति भएको ट्रिपर दुर्घटनामा परी दोलखा बैतेश्वर गाँउपालीका वडा नम्बर १ गैरीमुदीका संजिव तमाङको मृत्यु भएको छ ।
लु अ प ५४६ नम्बरको ट्रिपर दोलखाको तामाकोसी आउँपालिका वडा नम्बर १ भीरकोट स्थित कालिदहमा दुर्घटना हुदा चालक गैरीमुदीका अविनाश तमाङ र प्रभुशरण मोक्तान घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले बताए ।
ट्रिपर चालक अविनाशलाई प्राथमीक उपचार पछि थप उपचारको लागि काठमाडौँ लगिएको र प्रभुशरणको उपचार चरिकोट स्थित च्छो रोल्पा जनरल अस्पतालमा भै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्