म्यादी प्रहरीमा पन्ध्र सयको आवेदन



नेपाल समाचारपत्र, बैतडी ।
स्थानीय तहको निर्वाचनका लागि बैतडीमा म्यादी प्रहरीको लागी पन्ध्र सय बढी आवेदन परेका छन ।

यही चैत ११ गते देखि बिहीवारसम्म लिईएको आवेदन म्यादमा १५३६ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

जसमा १४२७ पुरुष र ६३ महिला महिलाले दरखास्त दिएका छन । बैतडीमा कति जनालाई म्यादी प्रहरीमा भर्ना गर्ने भनेर शुक्रवार विभागबाट जानकारी आउने बताईएको छ ।

आवेदन परेका मध्यबाट यहि चैत १९ गते देखी २१ गते सम्म प्रारम्भिक छनौट गरि चैत २२ गते अन्तिम नतिजा प्रकाशन गरिने जनाईएको छ । ५५ दिनको नियुक्ति पाउने म्यादी प्रहरीले नेपाल प्रहरीका जवानसरह तलब सुविधा पाउने छन्
दरखास्त दिनेमा १८ बर्ष पुरा भई ५४ बर्ष ननाघेको महिला पुरुष रहेका छन । पूर्वसुरक्षाकर्मी, विदेशी सेनामा काम गरेका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भर्ना छनोटमा शारीरिक परीक्षा पास गरेका तर लिखितमा छनोट नभएका, सेवानिवृत्त वनरक्षक , निजी कम्पनीका सुरक्षा गार्डलाई म्यादी प्रहरी छनोटको लागी प्राथमिकतामा दिईने जिल्ला प्रहरी कार्यलय बैतडीले जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि देशभरबाटै ७५ हजार जनालाई म्यादी प्रहरीमा भर्ना लिईने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्