सक्रिय राजनिति गर्ने शिक्षक कार्वाहीमा



अनिल खत्री, गुल्मी ।

सक्रिय राजनैतिक पदधारण गर्ने गुल्मीका सामुदायिक विद्यालयका १३ जना शिक्षकहरुलाई कार्वाही गरिएको जिल्ला शिक्षा कार्यालय गुल्मीका मित्रमणी खनालले जानकारी दिए । जिशिअ खनाललका अनुसार पाँच जना शिक्षक निष्काशित गरिएको र अन्यलाई उनिहरुको गल्तीका आधारमा कारवाही गरिएको बताए ।

जिशिअ खनालले भने ‘हामीले बिभिन्न उजुली भिडियोहरुको आधारमा कारवाही गरेका छौं उनिहरुको नाम ठेगाना केहि दिनमै सार्वजनिक गरिने बताए’ । शिक्षकहरुलाई राजनीति गर्ने भए जागिर छोड्न निर्देशन दिए पछि राजनैतिक दलहरुबाट आफुलाई ठुलो दवाव आएको समेत जिशिअ खनालले दुखेसो गरे ।

जनताको करबाट तलव खाने शिक्षकहरुले चुनावी सभामा भाषण छाँट्दै विद्यार्थीहरुको पढाईमा बाध पुराए विद्यार्थी संगठन र जनस्तरबाट समेत दवाव दिईनु पर्ने अनेरास्ववियु गुल्मीका संयोजक राजेन्द्रविक्रम कुँवरले बताए । उनले यो विषयलाई जोडका साथ उठाउन सञ्चार माध्यमलाई आग्रह गर्दै आफ्नो संगठनको साथ रहने बताए । निर्वाचन आचार संहिताको धज्जी उडाउँदै गुल्मीका केहि शिक्षकहरु आ–आफ्नो राजनैतिक दलको चुनावी प्रचार अभियानमा पुगेर भाषण गरी रहेको सम्वन्धमा जिल्ला शिक्षा कार्यालयको ध्यानकृष्ट भएको जनाईएको छ ।

सरकारी शिक्षकहरुले भाषण गरेको स–प्रमण सहित सम्वन्धीतका विरुद्ध उजुरी परे कार्वाही गरिने जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले बताए । उनका अनुसार निर्वाचन आचर संहितामा सरकारी शिक्षकले चुनावी सभामा भाषण गर्न पाईदैन् । भाषण गरेको पाईए निर्वाचन आयोगमा जो कोही नागरिकले तस्वीर वा भिडियो सहित उजुरी दिए डेढ देखि दुई लाख सम्म जरिवाना लगायतको कार्वाही हुने बताए ।

प्रतिक्रिया दिनुहोस्