राप्रपाले १४ अञ्चलमा चुनावी सभा गर्ने



नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानिय निर्वाचनमा पार्टीको तर्फबाट व्यापक प्रचारप्रसार गर्ने उदेश्यले १४ अञ्चलको मुख्य शहरमा चुनावी सभा गर्ने भएको छ । शिर्षस्त नेताहरुको सहभागितामा हुने उक्त चुनावि सभाको लागि १४ जना इञ्चार्ज पनि तोकेको छ ।

विहिवार बसेको पदाधिकारी र पुर्व कार्यसम्पादन समितिका सदस्यहरुको बैठकले स्थानिय निर्वाचनमा राप्रपाको पक्षमा जनलहर ल्याउन वैशाख १० गते भित्र १४ अञ्चलमा चुनावी सभा गर्ने निर्णय गरेको केन्द्रिय सदस्य राजाराम श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

केन्द्रिय सदस्य श्रेष्ठले जानकारी दिएअनुसार मेचीमा राजेन्द्र लिङदेन, कोशीमा सुनील थापा, सगरमाथाको तराईका जिल्लामा रामचन्द्र राय र पहाडी जिल्लामा राजेन्द्र गुरुङ, नारायणीमा राजीव पराजुली, जनकपुरमा रामचन्द्र रायलाई इञ्चार्ज तोकिएको छ । त्यसैगरि चुनावी सभाको लागि बग्मतीमा बुद्धिमान तामाङ, गण्डकीमा हेमचन्द गुरुङ, धौलागिरीमा भिमप्रसाद गौचन, लुम्बीनीमा ध्रुव वहादुर प्रधान, राप्तीमा मनोज प्रधान, भेरीमा प्रेम वहादुर भण्डारी, कर्णलीमा धनवहादुर बुढा, सेतीमा चन्द्र वहादुर गुरुङ र महाकालीमा जयन्त चन्दलाई इञ्चार्ज तोकिएको छ ।

राप्रपाले जनाए अनुसार चुनावीसभा मेचीको दमक, कोशीको इटहरी, सगरमाथाको लाहान, जनकपुरको बर्दिबास, नारायणीको भरतपुर, बाग्मतीको धादिङ, गण्डकीको स्याङ्जा, लुम्बिनीको भैरहवा, राप्तीको दाङ, भेरीको नेपालगञ्ज, सेतीको धनगढी र महाकालीको बैलौरीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्