घर ढलान गर्ने क्रममा खसेर मृत्यु



दाङ (नेस) ।

तुल्सीपुर उपमहानगरपालिका–१८ सातकुले बस्ने ५२ बर्षीय लिलाचन्द नेपालीको घरको ढलान गर्ने क्रममा दुईतला माथिबाट खसेर मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने लक्ष्य बहादुर नेपालीको निर्माणाधिन घरमा बुधबार ढलान गर्ने क्रममा दुईतला माथिबाट खसेर गम्भीर घाइते भएका नेपालीलाई उपचारको लागी राप्ती उपक्षेत्रिय अस्पताल घोराही लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्