ब्राजिल विश्वकपका लागि छनौट -अर्जेन्टिनको यात्रा कठिन



ब्राजिल,
सन् २०१८मा रसियामा हुने विश्वकप फुटबलका लागि ब्राजिलले आफ्नो यात्रा सुरक्षित बनाएको छ । ब्राजिलले विश्वकप छनौट अन्तर्गत बुधबार बिहान उरुग्वे सगँको खेलमा ३- ० को जित निकाल्दै विश्वकप यात्रामा छनौट भएको हो । ब्राजीललाई विश्वकपमा छनौट भएको पहिलो देश भनेर पनि भनिएको छ ।

चार खेल खेल्न बाँकी छँदै ब्राजिल दक्षिण अमेरिका क्षेत्रबाट विश्वकफ फुटबलका लागि छनौट भएको हो। ब्राजिलको जितमा लिभरपुलका कौटिन्हो, बार्सिलोनाका स्ट्राइकर नेइमार तथा रियल म्याड्रिडका मार्सेलोले गोल गरे।

ब्राजिलसँगको हार बेहोरेको पाराग्वे दक्षिण अमेरिकी टोलीहरुको अंक तालिकामा आठौं स्थानमा झरेको छ।

अर्जेन्टिनको यात्रा कठिन

दुई पटकको विश्व विजेता अर्जेन्टिना मेसीबिना बोलिभियासँग उत्रिँदा २–० को पराजय व्यहोर्दै अंक तालिकाको तेस्रो स्थानबाट पाँचौं स्थानमा झर्यो। बोलिभियाविरुद्धको खेल भन्दा अगाडि मेसीलाई फिफाले चार खेलका लागि प्रतिबन्धको सजायँ सुनाएको थियो।
१४ खेल खेलेको अर्जेन्टिनाले ६ विजय हाँसिल गरेको छ भने ४ खेलमा पराजित र ४ खेल बराबरी खेलेको छ ।

प्रतिक्रिया दिनुहोस्