रुकुममा कला संग्राहलय निर्माण हुँदै



धनवीर दाहाल,रुकुम ।

रुकुममा पहिलो पटक लोक सांगीतिक वाध्यवाधनका साम्रगी संरक्षण गर्न संगीत संग्राहलय निर्माण हुन लागेको छ । क्षेत्र नं. एकवाट निर्वाचित सांसद् गणेशमान पुनको निर्वाचन क्षेत्र विकास कोषको सहयोगवाट मस्त विष्ट संगीत संग्राहलय निर्माण हुन लागेको हो । यस आर्थिक वर्षदेखि निर्माण सुरु गरिएको भवनको तीन वर्ष सम्म निर्माण भई सक्नु पर्ने छ ।

उक्त संग्राहलय निर्माण हुन लागेपछि लोप हुन लागेका संगीत माध्यवाधन संरक्षण हुने अपेक्षा गरिएको छ । क्षेत्र नं. एकवाट निर्वाचित सांसद् गणेशमान पुनको निर्वाचन क्षेत्र विकास कोषको १० लाख रुपयाँमा निर्माण हुन लागेको यो संग्राहलय जिल्ला सदरमुकाम मुसीकोट खलंगामा निर्माण भई रहेको छ । गत आर्थिक वर्षमा तत्कालिन जिल्ला विकास समितिले एक लाख रुपयाँ सहयोगमा हटेरी निर्माण गरिएको थियो ।

पछिल्लो समय पश्चिम संस्कृतिको छाडापनले मौलिक सांगेतिक वाध्यवाधनहरु लोप हुन लागेकाले यसको संरक्षण गर्नलाई संग्राहलय निर्माण गरिएको राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान जिल्ला शाखाका अध्यक्ष अमित परियारले बताए ।

यसले यहाँको कला क्षेत्रको विकासका लागि महत्वपुर्ण भूमीका निर्वाह गर्ने उनले जनाए । ‘अहिले आधुनिक बाजाहरुले पुराना बाजाहरु लोप हुदै गएका छन्’ राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान जिल्ला शाखाका अध्यक्ष परियारले भने, ‘पुराना बाजाको संरक्षण हामीले नगरे कसले गर्ने ।’ यो संग्राहलयमा सबै प्रकारका वाध्यवाधनका साधनहरु राखिने उनले जानकारी दिए ।

अहिले सारंगी, दमाह, सनै, मादल लगाएतका बाजा मानिसले प्रयोग गर्न छाडेको भन्दै राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान जिल्ला शाखाका अध्यक्ष परियारले आधुनिकता संगै पुराना बाजाहरुलाई भुल्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्