‘महिलाले रक्सी पिउनु आफूलाई जोखिममा राख्नु हो’



लन्डन, (एजेन्सी)ं
बेलायतमा एकजना बलात्कार पीडित महिलाले ‘मदिरा पिएर महिलाले आफूलाई खतरामा पुर्याउँछ’ भन्ने न्यायाधीशको सुझावमा सहमति दिएकी छिन्।

१९ वषीर्या मेगन क्लार्कको बलात्कार मुद्दामा सुनवाइका क्रममा न्यायाधीशले उक्त कुरा राखेका थिए। बीबीसीसँगको कुराकानीमा क्लार्कले उक्त कुरामा सहमति जनाउँदै न्यायाधीशले सही कुरा भनेको बताइन्।

म्यानचेस्टरको एक क्लबमा रक्सी पिएपछि क्लार्कले एकजना व्यक्तिलाई भेटेकी थिइन्। उसले नै क्लार्कलाई बलात्कार गरेको थियो।


भिक्टोरियाको डर्बीसायर कार्यक्रममा वक्ताका रूपमा बोलेका क्लार्कले उनको मुद्दाको सुनुवाइका क्रममा न्यायाधीशले महिलालाई सावधान रहन जुन सल्लाह दिएको छ, त्यो राम्रो सल्लाह भएको र त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखेकी थिइन्।

उक्त घटनापछि क्लार्कले आफ्नो पहिचान खुलाउने फैसला गरेकी थिइन्। सामाजिक सञ्जालमा न्यायाधीशको कुरालाई लिएर बलात्कार पीडितका लागि असंवेदनशील भएको र आफैंले पीडितलाई नै दोष दिएको आरोप लगाएको थियो। तर क्लार्कले आफूले उक्त भनाइलाई लिएर त्यस्तो नसोचेको बताइन्।

गत वर्ष जुलाइमा क्लार्कमाथि बलात्कारको घटना भएको थियो। क्लार्कलाई बलात्कार गरेको आरोपमा गत महिना १९ वर्षीय रिकार्डो रोड्रिग्स फोट्र्स गोम्सलाई दोषी ठहर्याएको थियो। न्यायाधीशले आफ्नो फैसलामा रिकार्डोले पीडितको चित्कारलाई कसरी वेवास्ता गर्यो भन्ने विषयमा उल्लेख गरेका थिए।

रिकार्डोलाई ६ वर्षको कैद सजायँ सुनाइयो। एकजना प्रत्यक्षदर्शीले आफ्नो मोबाइलबाट घटनालाई क्यामरामा कैद गरेका थिए। उसैले प्रहरीलाई त्यसको जानकारी पनि दिएका थिए।

घटना हुनुअगाडि क्लार्कले भोड्का पिएकी थिइन् र एउटा लागूपदार्थ पनि सेवन गरेका थिए।

सुनवाइका अन्त्यमा न्यायाधीश लिन्डसे कुसनरले भने– ‘एक महिला न्यायाधीश हुनुको नाताले म महिलासँग अनुरोध गर्न चाहन्छु कि उनीहरू आफूलाई डरलाग्दा बलात्कारीहरूबाट बचानुस्, जसले प्रायः रक्सी पिउने महिलालाई निसाना बनाउँछन्।’

न्यायाधीशले अन्त्यमा भनिन्– ‘यद्यपि महिलालाई रक्सी पिउने अधिकार छ तर उनीहरूको यो ब्यवहारले उनीहरूलाई नै धेरैपटक खतरामा पुर्याइरहेको हुन्छ।’

मानिसहरूले उनको उक्त बयानलाई लिएर व्यापक आलोचना गरेका थिए। थुप्रै सामाजिक कार्यकर्ताहरूले यसलाई अनौठो र भद्दा भएको प्रतिक्रिया दिएका थिए।

कार्यक्रममा मेगन क्लार्कले उक्त घटनापछि शुरुमा उनले आफै नै त्यसका लागि जिम्मेवार भएको मानेकी थिइन्। उनले भने– ‘तर अब म त्यो मेरो गल्ती होइन भन्ने निष्कर्षमा पुगेकी छु। यी घटनाका लागि पीडितलाई त जिम्मेवार मान्न सकिदैन। तर हो मैले आफूलाई त्यस्तो परिस्थितिमा पुर्याएँ। मैले केही थप सावधान हुनुपथ्र्यो।’

प्रतिक्रिया दिनुहोस्