ढुंगाले हिर्काएर कांग्रेस जिल्ला नेताको हत्या



दीपेन्द्र शर्मा, जाजरकोट
जाजरकोट कांग्रेसका युवा नेता वीरेन्द्र शाहको मंगलबार बेलुका हत्या भएको छ। मंगलबार बेलुका भेरी नगरपालिका–३ स्थित तल्लो थाप्ले अस्पतालनजिकै ‘इभिनिङ वाक’ गर्ने क्रममा अज्ञात समूहले ढु·ाले हिर्काएर ३६ वर्षीय शाहको हत्या गरेको हो।

नेपाली कांग्रेस जाजरकोटका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका शाहको हत्याको पछाडि राजनीतिक पूर्वाग्रह हुनसक्ने कांग्रेस स्रोतले बताएको छ। मृतक शाह सरदमुकाम खल·ास्थित पाँच तारा युवा संरक्षण मञ्च नामक गैरसरकारी संस्थाका अध्यक्षसमेत थिए।

मंगलबार राति अबेर यो समाचार तयार पार्दासम्म कसले के कारणले उनको हत्या गरेको भन्ने पुष्टि भएको छैन। हाल उनको शवलाई जिल्ला अस्पतालमा राखिएको प्रहरी स्रोतले जनाएको छ। यस सम्बन्धमा स्थानीय प्रहरीद्वारा अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्