एमालेको नगर कमिटी कार्यालय उद्घाटन, कुनै हालतमा चुनाव नरोकिने नेताको भनाई



 

सीताराम चौधरी , चन्द्रौटा (कपिलवस्तु) ।
नेकपा एमालेका केन्द्रिय सदस्य खिमलाल भट्टराईले स्थानीय तहको निर्वाचन कसैले रोक्न नसक्ने बताएका छन् । कपिलवस्तुको चन्द्रौटामा नेकपा एमालेको नगर कमिटी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता भट्टराईले जनताहरु चुनावमा होमिइसकेकाले अब कुनै हालतमा चुनाव नरोकिने तर्क राखेका हुन् ।

कपिलवस्तु इन्चार्ज समेत रहेका नेता भट्टराईले चुनावका लागि सम्पूर्ण दलहरु मिल्नुको विकल्प नरहेको बताए । चुनावमा भाग नलिने दलहरु जनताबाट बाहिरिने भएकाले केही दलहरुले बिरोध जनाए पनि भाग लिने उनले दाबी गरे । देशको नेतृत्व गर्ने क्षमता एमालेमा रहेको बताउँदै नेता भट्टराईले सबै पार्टी कार्यकर्ताहरु चुनावी प्रचारका लागि जनताको घरदैलोमा पुग्नुपर्ने जिकिर गरे ।

अहिलेको कांग्रेस बिपीको पालाको जस्तो नरहेको तर्क दिंदै भट्टराईले अहिलेको कांग्रेस लम्पसारवाद भइसकेको आरोप समेत लगाए । हिजो बिपीले ल्याएको राष्ट्रिय मेलमिलापको नारा भुलेर अहिले लम्पसार र पदको लागि जस्तोसुकै राष्ट्रघातको निर्णय गर्न समेत तयार हुने उनले बताए ।

हिजो चीनको सिमानामा नेपालीको हत्या हँुदा चीनलाई माफी मगाउने बिपीले नेतृत्व गर्ने कांग्रेस अहिले भारतीय सेनाबाट सिमानामा गोबिन्द गौतम मारिँदा विज्ञप्ती समेत निकाल्न खुट्टा कमाउने कांग्रेसबाट जनताले आशा मारिसकेकाले देशको बिकास र नेतृत्व एमालले लिनुपर्ने उनले तर्क राखे ।

यस्तै कार्यक्रमा बोल्दै प्रदेश सदस्य तथा क्षेत्र नम्बर १ का सांसद बलराम अधिकारीले चुनाव हुन नदिने भन्नेहरुलाई आफैं पतन हुने बताए । मधेशमा एमालेले पहिलो स्थान ल्याउने देखेर आत्तिएर एमालेको गलत प्रचार गरे पनि जनताले एमालेलाई बुझेकाले एमालेले गरेका कार्य गतिबिधि गाउँगाउँमा प्रचार गर्नुपर्ने सांसद अधिकारीले अनुरोध गरे ।
यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले अब एमाले बिरोध गर्नेको पछि नलागेर आफ्नो प्रचारप्रसार अभियानलाई तिव्रता दिन लाग्नुपर्ने बताए । बिकास नचाहने तत्वहरु गलत प्रचारमा लागि परेकाले त्यस्ताको पछाडि नलाग्न जिल्ला अध्यक्ष पोख्रेलले सबैलाई अनुरोध गरे । साथै मधशी दलहरुले चुनावमा भाग नलिने बताए पनि कपिलवस्तुमा सबै राजनीतिक दलहरुले दल दर्ता गरेको बताए ।

मधेशी दलहरु समेत चुनावमा भाग लिने हुँदा चुनाव हुन्न कि भन्ने कुरामा शंका नगर्न समेत सबैमा अनुरोध गरे । कार्यक्रममा बोल्दै नगरसंयोजक नेत्रराज अधिकारीले पार्टी कार्यालय खोल्न मात्र हैन समस्यामा परेका उत्पीडनमा परेका नागिरकको गुनासो सुन्नपर्ने भएकोले नेकपा एमालेले कुनै पार्टी जाति हैन सबै नागरिकको पार्टी एमाले भएकोले आफ्ना गुनासाहरु पार्टी कार्यालयसम्म ल्याउन अनुरोध गरे ।
कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी रामराज पोख्रेल, इन्साफ अनसारी, भुपाल सिंह कँुवर, गंगाराम थारु, चक्र बहादुर महरा लगायत १४८ जना नेकपा एमालेमा प्रबेश गरेका थिए । नव प्रबेशीहरुलाई प्रमुख अतिथि खिमलाल भट्टराईले टीका लगाई स्वागत गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले पूर्व केन्द्रिय लेखा कमिटी अध्यक्ष बिष्णु पन्थी, प्रदेश नम्बर ५ सदस्य डिल्ली राज भुसाल, प्रदेश नम्बर ५ सदस्य क्षेत्र बहादुर खत्री, क्षेत्र नम्बर ४ का अध्यक्ष उपेन्द्र खनाल, क्षेत्र नम्बर ५ का अध्यक्ष ओमप्रकाश कुर्मी, पूर्व अञ्चल समन्वय समिति अहमद अब्दुल रउफ, केन्द्रिय स्कूल बिभाग सदस्य बिमला घिमिरे, युवा संघ केन्द्रिय सदस्य टोपलाल पोख्रेल, एमाले जिल्ला सदस्य मिना परियार, लंकाबहादुर हमाल, सफर अलि मिया, डम्बर शर्मा, जिल्ला सदस्य रामबिलास यादव, शिवराज विशेष नगर समन्वय समिति सह संयोजक सिवी गहतराज लगायतको विशेष उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्