लैंगिक हिंसा पीडितका लागि रक्तदान



नेपाल समाचारपत्र, बाँके ।

लैंगिक हिंसा पीडितका लागि नेपालगञ्जमा रक्तदान गरिएको छ ।

मानव बेचबिखनविरुद्धमा काम गर्ने माइती नेपालको २५ औं स्थापना दिवसका अवसरमा रक्तदान गरिएको हो । त्यस अवसरमा विभिन्न पेशा, व्यवसायसँग जोडिएका व्यक्तित्व तथा विद्यार्थी, युवा गरी ५० जनाबढीले रगत दान गरेका छन् ।

माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले २५ औं स्थापना दिवसका अवसरमा वर्षभरी नै विविध कार्यक्रमहरु गरिने बताउनुभयो । समुदायमा जनचेतना, बेचबिखन तथा घरेलु हिंसा न्यूनीकरणका लागि आन्तरिक तथा बाह्य सरोकारवालासँग छलफल, अन्तरक्रिया, युवा विद्यार्थीलाई परिचालनलगायतका गतिविधिहरु गरिनेछ ।

लैंगिक हिंसामा विशेष गरेर जलाइएका घटनामा रगतको माग बढी हुने गरेको छ । बाँकेमा वर्षमा सय जना आसपासमा लैंगिक हिंसासँग जोडिएकालाई रगतको आवश्यकता पर्ने सम्बद्धहरुको बुझाई रहेको छ । ‘लैंगिक हिंसामा परेकालाई रगत उपलब्ध गराउन रक्तदान गरिएको हो, कोइरालाले भन्नुभयो ।

बाँकेमा लैंगिक हिंसाका घटना धेरै हुने गर्दछ । सामान्य विवादले अपराधसम्म भएका छन् । प्रहरीमै हिंसाका दैनिक उजुरी आउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्