ठेकेदारको लापरबाहीले बाललको ज्यान गयो



 

नेपाल समाचारपत्र, भद्रपुर ।

चाराआली–केचना सडक निर्माण ठेकेदारको लापरबाहीले एक बालकको पानी डुबेर ज्यान गएको छ, भने एक बालक घाइते भएका छन् ।

झापा भद्रपुर नगरपालिका १० बस्ने १० बर्षिय कुशल निरौलाको पानीमा डुबेर ज्यान गएको छ । सोही ठाँउका ७ बर्षिय समिर बजगाई घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भद्रपुर १० स्थित नमुनाटोल नजिकैको चाआराली केचना सडक निर्माणको लागी खनिएको पूर्व पटटीको नालामा मंगलबार दिउसो दुवै बालक डुबेका थिए । पानीमा डुबेको स्थानीयले देखपछि दुवै जनालाई उद्धार गरिएपनि निरौलाको उपचारको क्रममा बि एण्ड सि अस्पताल विर्तामोडमा मुत्यु भएको डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए । घाइते बजगाईको ओम साइ पाथिभरा हस्पिटल भद्रपुरमा उपचार पछि घर फर्किएका छन् ।

विदुर बोडिङ्ग हाई स्कूलमा अध्ययनरत मृतक निरौला कक्षा तीन र घाइते बजगाई युकेजीको परिक्षा दिएर घर गएका थिए । घरमा पुगेर खेल्न निस्किएका दुवै जना घर छेऊकै पानी जमेको नालामा डुबेको स्थानीय समिता राईले बताइन् ।

यता निर्माण कम्पनीका ठेकेदारको लापरबाहीले बालकको ज्यान गएपछि स्थानीयबासी आक्रोसित बनेका छन् । ठेकेदारले साढे एक फुट नाला खन्नु पर्नेमा ठेकेदारले नियम मिच्दै ५ देखि १० फुट सम्म नाला खनेर छाडेपछि दुर्घटना निम्तिएको स्थानीयबासी बताउछन् । नाला खनेर छाडेपछि जमेको पानी निकास समेत बन्द भएको छ ।

ठेकेदारले सडकको दुवै पट्टी जथाभावी नाला खनेर छाडेपछि ठाउ ठाउमा बर्खाको पानी जमेकोले ठेकेदारले तथा सम्बन्धित निकायले चासो नदेखाउदाको परिणामले बालकको ज्यान गएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्