आर आर क्याम्पसमा प्रहरी र प्रदर्शनकारी वीच ढुंगाहानाहान, पेट्रोल बम समेत प्रहार



आर आर क्याम्पसमा प्रहरी र प्रदर्शनकारी वीच ढुंगाहानाहान भएको छ । विहानै देखी तनावग्रत आरआरमा पेट्रोल बम समेत प्रहार भएको छ ।
प्रदर्शनीमार्ग स्थित रत्नराज्य (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भईरहँदा प्रहरी र अखिल क्रान्तिकारी विद्यार्थी विच ढुंगा हानाहान भएको छ । भित्र मतदान भैरहँदा बाहीर पेट्रोल बम समेत प्रहार भएको छ । संयुक्त विद्यार्थी संगठनको नाममा केही विद्यार्थीहरुले चुनाव रोक्न माग गर्दै ढुंगामुढा गरेका हुन ।

निर्वाचनमा अनेरास्ववियुका तपेन्द्रवहादुर शाही सभापति रहेको प्यानल खडा भएको छ भने नेविसंघबाट उत्तमवहादुर साउदको प्यानल प्रतिस्पर्धामा छ । अखिल क्रान्तिकारीले ध्रुवराज वाग्लेको प्यानल खडा गरेको छ । क्रान्तिकारीले भने मतदानमा भाग नलिन विद्यार्थीलाई आह्वान गरेको छ ।

फागुन २३ का लागि तय भएको प्रदर्शनीमार्ग स्थित रत्नराज्य (आरआर) क्याम्पसमा स्ववियु चुनाव निर्वाचन आयोगको निर्देशनपछि रोकिएको थियो । तर, सर्वोच्च अदालतले चुनाव रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश लिएपछि चुनाव भएको हो ।

प्रतिक्रिया दिनुहोस्