को–को हुन् विश्वका अर्बपति ?



नेपाल समाचारपत्र
काठमाडौं
हरेक वर्ष संसारभरका अर्बपतिहरूको सूची सार्वनजिक गर्दै आएको फोब्र्स पत्रिकाले सन् २०१७ का अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ। यस वर्षको अर्बपतिको सूचीमा २ हजार ४३ जना परेका छन्। अर्बपतिको सूचीमा विल गेट्स पहिलो नम्बरमा यथावत् रहेका छन्।
गत वर्ष तेस्रो नम्बरमा रहेका बारेन बफेट यस वर्ष सूचीको दोस्रो नम्बरमा नै छन्। जेफ बेजोज २ स्थान माथि उक्लिँदै तेस्रो स्थानमा रहेका छन्।

यस्तै गत वर्षका दोस्रो धनी अमेन्सियो ओर्टेगा चौथो नम्बरमा झरेका छन् भने एक स्थान माथि उक्लिँदै फेसबुकका प्रमुख मार्क जुकरवर्ग पाँचौं स्थानमा रहन सफल भएका छन्।

सबैभन्दा धेरै अर्बपतिहरू रहेको मुलुकको सूचीमा अमेरिका पहिलो स्थानमा रहन सफल भएको छ। अमेरिकामा सबैभन्दा धेरै ५ सय ६५ जना अर्बपति रहेका छन्। त्यस्तै चीन ३ सय १९ अर्बपतिसहित दोस्रो र जर्मनी १ सय १४ जना अर्बपतिसहित तेस्रो स्थानमा रहेका छन्।
त्यस्तै सूचीमा १ सय १ जना अर्बपतिहरूसहित भारत चौथो स्थानमा छ। नेपालका विनोद चौधरी उक्त सूचीमा पर्ने एक मात्र नेपाली हुन्। उनी विश्वका १ हजार ५ सय ६७औं धनीका रूपमा उभिएका छन्।

प्रतिक्रिया दिनुहोस्