राजेश खड्का पूर्वअध्यक्ष, प्याब्सन

ईश्वरराज ढकाल

अहिले विद्यालयमा भर्ना हुने विद्यार्थीका अभिभावक विद्यालय खोज्न भौंतारिरहेका छन्। आफ्ना छोराछोरीलाई भर्ना गर्न राम्रो विद्यालय चहार्दै हिँड्न थालेका छन्। पहिला पहिला ठूलो भवन रुचाउने अभिभावक अहिले सानो भवन भएको विद्यालय खोज्न थालेका छन्। विद्यालयको बहिरी वातावरणभन्दा पनि भित्री वातावरण राम्रो भएको विद्यालय खोज्दै हिँड्ने अभिभावकको संख्या पनि त्यत्तिकै बढ्न थालेको छ।


केशव पुरी
अध्यक्ष, अभिभावक संघ नेपाल

भवन राम्रो कि पढाइ वा विद्यालयको वातावरण। यस विषयमा अभिभावकको कौतूहलता यथावत् रहेको छ। कसैले भन्छन्– राम्रो विद्यालय भनेको ठूलो भवन, पर्याप्त मात्रामा खेल मैदान, विज्ञान प्रयोगशालाको प्रशस्त सुविधा। यी सबै कुरा राम्रो विद्यालयका उदाहरण हुन्। तर अभिभावकको पहिलो रोजाइ विद्यालयको भित्री वातावरण हुन पुगेको छ र राजधानीमा नाम चलेका विद्यालयमा पढाउने चाहना सबैको हुन्छ। तर ढाड सेक्ने गरी शुल्क लिने अनि पठनपाठनलाई ध्यान नदिने विद्यालय रोजाइमा पर्न छाडेको छ। तर कतिपय अभिभावकको पहिलो राजाइ विद्यालयको भौतिक संरचना पर्याप्त मात्रामा भएको विद्यालय नै उत्कृष्ट हुन्छ भन्ने सोचाइ पनि त्यत्ति नै बढ्न थालेको छ।

कस्तो विद्यालय राम्रो भन्ने विषयमा सरकारले तय गरेको मापदण्ड पूरा गर्न नसक्दा पनि कतिपय विद्यालयको अवस्था गिर्दै गएको पाइन्छ। अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी भन्नुहुन्छ– ‘एउटा राम्रो विद्यालय हुन विद्यार्थी संख्या र भौतिक सुविधा सम्पन्न आवश्यक पर्छ। प्रचार मात्र राम्रो गर्ने अनि पढाइ भने सरकारी विद्यालयको जस्तो हुने विद्यालयमा भर्ना गराउनु गलत हुन्छ।’ उहाँ भन्नुहुन्छ– ‘विद्यालय छनोट गर्दा विद्यालयको व्यवस्थापकीय पक्ष कस्तो छ।

उमेश श्रेष्ठ सांसद एवम् पूर्वअध्यक्ष, प्याब्सन

विद्यालयले अभिभावकप्रति गर्ने व्यवहार कस्तो छ। भौतिक सुविधा सम्पन्न छ कि छैन। यावत् कुरा अध्ययन गरेर मात्र आफ्नो छोराछोरीलाई भर्ना गर्नु उचित हुन्छ।’ बाहिरबाट हेर्दा राम्रो अनि व्यवस्थापकीय पक्ष कमजोर भएको विद्यालयमा आफ्नो छोराछोरीलाई भर्ना गराउन नहुने उहाँको धारणा छ। प्याब्सनका पूर्वअध्यक्ष एवं जेम्स स्कुलका संस्थापक प्रिन्सिपल राजेश खड्काको धारणा भने फरक छ। विद्यालय सञ्चालन गर्न पर्याप्त मात्रामा भौतिक सुविधा हुनुपर्छ। विद्यार्थीलाई खनादेखि खेल्नसम्मको वातावरणमा कुनै कमजोरी हुन दिनु हुँदैन। पुरातन पठनशैलीलाई परिवर्तन गरी युग सुहाउँदो व्यवस्थापन आजको आवश्यकता रहेको उहाँको धारणा छ। अब त पैसा खन्याएर मात्रै विद्यालय सञ्चालन गर्छु भन्ने भावनाको अन्त्य गर्नुपर्छ। पैसा र मेहेनत दुवै भए मात्रै उत्कृष्ट विद्यालय हुन सक्छन् र त्यसैमा विद्यार्थीको घुइँचो बढी लाग्न सक्छ। अभिभावकको आवश्यकतालाई पूर्ति गर्न सक्ने, अभिभावकले पनि विद्यालयको वातावरण कस्तो छ भनेर अध्ययन गर्न सक्ने अवस्था भए मात्रै विद्यालय सञ्चालन हुन सक्छ।

पैसा लगानी गरेर मात्रै पुग्दैन व्यवस्थापकीय पक्षलाई पनि ध्यान दिनुपर्छ। पहिला डेकोरेसन हेरेर विद्यार्थी आउँथे, अहिले त्यो जमाना गयो अब त सबै अभिभावकलाई खुसी पार्न सक्ने अनि विद्यार्थीको चाहना पूरा गर्ने खालको विद्यालय आवश्यक छ।

पैसा लगानी गरेर मात्रै पुग्दैन व्यवस्थापकीय पक्षलाई पनि ध्यान दिनुपर्छ। पहिला डेकोरेसन हेरेर विद्यार्थी आउँथे, अहिले त्यो जमाना गयो अब त सबै अभिभावकलाई खुसी पार्न सक्ने अनि विद्यार्थीको चाहना पूरा गर्ने खालको विद्यालय अहिलेको आवश्यकता भएको उहाँको भनाइ छ। अहिले त अन्य व्यवसाय गर्ने पनि विद्यालय सञ्चालन गर्न आकर्षित हुन थालेका छन्। अन्य व्यवसायमा जस्तो शिक्षामा हुँदैन र हुन सक्दैन पनि। मिहिनेत चाहिन्छ। विद्यार्थीको चाहना बुझ्न सके मात्रै विद्यालयमा विद्यार्थी आउँछन्। ठूलो भवन भएर मात्रै विद्यार्थी आउँछन् भन्ने भ्रमलाई चिर्न सक्नुपर्छ। चौतर्फी विषयमा ध्यान दिए मात्र विद्यालय राम्रो हुन सक्छ। समय अनुकूलका शुल्क निर्धारण हुनु आवश्यक छ। वास्तवमा अहिलेको शिक्षा प्रणाली गलत छ। घोकन्ते शिक्षालाई बढी प्राथमिकता दिएको पाइन्छ। म भन्छु विश्वस्तरमा प्रतिस्पर्धा गर्न प्राविधिक र सीपमूलक शिक्षाको आवश्यकता छ।

विद्यालयमा विद्यार्थीको पहँुच बढाउन व्यवस्थापकीय पक्षलाई ध्यान दिनुपर्ने भनाइ सांसद एवम् लिट्टल एन्जल्स स्कुलका संस्थापक प्रिन्सिपल उमश श्रेष्ठको छ। उहाँ भन्नुहुन्छ– ‘पहिलाको जस्तो घरघरमा विद्यार्थी लिन दौडने। राम्रो सवारीसाधनको प्रयोग गर्ने जमाना अहिलेको छैन। बालबालिकामैत्री शिक्षा अहिले जरुरी छ, साना बालबालिकाको मस्तिष्कलाई आधात नपुग्ने किसिमको शिक्षा अहिलेको आवश्यकता हो। निजी विद्यालय सञ्चालकले अब भिजन क्लियर गर्नुपर्छ। पहिलको जस्तो जमाना छैन। मनपरी शुल्क लिन पाइँदैन युग सुहाउँदो शिक्षामा अभिभावकलाई प्रेरित गर्न सिकाउनुपर्छ। अभिभावकलाई साथमा लिएर विद्यालय सञ्चालन गर्न सके मात्र सफल सञ्चालक हुन सकिन्छ। संस्कार र सोचमा परिवर्तन गर्न सक्नुपर्छ। विद्यालयको कक्षाकोठादेखि, खेलमैदान, प्रयोगशालालगायत चौतर्फी विकास गर्नुपर्छ। शिक्षक र कर्मचारीलाई सेवा सुविधा दिँदा युग सुहाउँदो हुनुपर्छ। अभिभावलाई विद्यार्थीलाई जस्तै माया गर्न सिक्नुपर्छ। विद्यार्थी भर्ना गर्दा क्षमता अध्ययन गर्नुपर्छ। पढाइका साथ अतिरिक्त क्रियाकलापमा ध्यान दिएमा स्तरीय विद्यालय कायय हुन सक्छ अनि मात्र आफूले सोचेअनुसार विद्यार्थी भर्ना गर्न सकिन्छ।

टीआर ढकाल पूर्वमहासचिव, प्याब्सन

वास्तवमा वर्षमा एकपटक तामझाम गर्ने अभिभावक बोलाउने अनि नाचगान देखाएर विद्यार्थी तान्ने परम्परा अहिले पनि कायम छ। महँगो शुल्क लिने विद्यालय मात्रै राम्रो हुन्छ भन्ने भावना अभिभावकले छाड्नुपर्छ।

थोरै शुल्क लिएर उत्कृष्ट पठनपाठन गराउने विद्यालयको संख्या पनि त्यत्तिकै छ। अभिभावले महँगोमा राम्रो पठाइ हुन्छ भन्ने भावनालाई परिवर्तन गर्नु जरुरी भइसकेको छ। अभिभावक संघका अध्यक्ष पुरीको भनाइ पनि त्यस्तै छ। शिक्षामा गुणस्तरीयता कायम गरेपछि मात्रै उत्कृष्ट विद्यालय कायम गर्न सकिन्छ।

प्याब्सनका महासचिव राजेन्द्र बानियाको भनाइ अलि पृथक् छ। उहाँ भन्नुहुन्छ– पहिला त आफूले सञ्चालन गरेको विद्यालय कस्तो ठाउँमा छ। शान्त वा कोलाहल वातावरणमा। त्यो विषय पहिलो प्राथमिकता हो। अनि मात्रै आफूले चाहना गरेअनुसारको विद्यार्थी भर्ना गर्न सकिन्छ। त्यसपछि बालमैत्री वैज्ञानिक शिक्षा, किताबको सट्टा जीवन उपयोगी शिक्षा अहिलेको आवश्यकता हो। त्यस्तै चाहना बोकेर अभिभावक आफ्नो छोराछोरीलाई नयाँ विद्यालयमा प्रवेश गराउन चाहन्छन्। किताबको सट्टा जीवन अनि कक्षाकोठाको सट्टा समाजसँग घुलमिल गराएर मात्रै विद्यालय छनोट गर्दा अभिभावकको चाहना पूरा हुन सक्छ। नियम कानुनभन्दा पनि सभ्यता र संस्कारअनुसार कक्षा सञ्चालन गर्दा विद्यार्थी आउँछन्।
अब हामीले त्यस्तै विद्यालयको परिकल्पना गर्नु जरुरी छ। अहिले पनि महँगो शुल्कमा आफ्नो छोराछोरीलाई पढाउँदा भविष्यमा ठूलो मान्छे हुन्छन् भन्ने भ्रमलाई त्याग्नु जरुरी भइसकेको छ।

गीता राणा सांसद एवम् पूर्वअध्यक्ष, एनप्याब्सन

त्यसो त सांसद एवम् एन–प्याब्सनका पूर्वअध्यक्ष गीता राणाको भनाइअनुसार समयअनुसार परिवर्तित शिक्षा अहिलेको आवश्यकता हो। आफूलाई सजिलो हुने किसिमको पाठ्यक्रममा आधारित शिक्षा अहिले आवश्यकता छैन। थिङकिङ र एक्टिभिटी बढी भएको शिक्षा अहिलेको आवश्यकता हो अभिभावकको चाहना पनि त्यतैतिर जान थालिसकेको छ। ४० प्रतिशत पठनपाठनमा ध्यान दिएपछि ६० प्रतिशत अतिरिक्त क्रियाकलापमा ध्यान दिनुपर्छ। विद्यार्थीको संख्या बढाएर मात्रै विद्यालय राम्रो हुँदैन। विद्यालय राम्रो हुन त अभिभावक राम्रो हुनुपर्छ। शिक्षकले मिहिनेत गर्नुपर्छ। शिक्षकलाई समयअनुसार सेवासुविधा दिनुपर्छ, तालिम उपलब्ध गराउनुपर्छ अनि मात्रै आफूले सोचेअनुसार विद्यार्थी भर्ना हुन आउँछन्।

अभिभावकलाई खुसी पार्न सके मात्रै विद्यालय सञ्चालन गर्न सकिन्छ। अहिले विद्यालय सञ्चालन गर्न अभिभावक, शिक्षक र विद्यार्थीको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसो भए मात्रै विद्यार्थीलाई आकर्षण गर्न सकिन्छ।

राजेन्द्र बानिया महासचिव, प्याब्सन

तर अधिकांश विद्यालयले भर्नाको समयमा तामझाम गर्ने अनि आफूले सोचेजति विद्यार्थी भर्ना भइसकेपछि गुणस्तरीयतामा ध्यान नदिने प्रचलन बढ्दो छ। अभिभावकले कम्तीमा पनि १२ वर्षसम्म आफ्ना छोराछोरीलाई एउटा विद्यालयमा जिम्मा लगाउँदा सबै पक्षमा ध्यान दिनुपर्छ। प्याब्सनका पूर्वमहासचिव टीआर ढकालले विद्यार्थी विद्यालयमा आउने वातावरण बनाउन विद्यालयको शिक्षक र कर्मचारीको महत्त्वपूर्ण हात हुने बताउनुभयो। विद्यालय भवनभन्दा पनि विद्यालयले आयेजना गर्ने वार्षिक कार्यक्रम कस्तो छ भनेर ध्यान दिनुपर्छ। भवन र ठूलो खेल मैदानले मात्रै विद्यालय सञ्चालन हुने होइन। यसअघि अध्ययन सम्पन्न गरेका विद्यार्थीले कतिको प्रगति गरेका छन् भन्ने आधारमा पनि विद्यालयको मूल्यांकन हुनुपर्छ। प्रविधियुक्त कक्षाकोठा, प्रयोगात्मक पठनपाठन र युग सुहाउँदो पाठ्यक्रमले मात्रै विद्यार्थीको चाप बढ्न सक्छ।

समग्रमा भन्नुपर्दा एउटा उत्कृष्ट विद्यालय हुन भौतिक सुविधा, युग सुहाउँदो पाठ्यक्रम, प्रविधियुक्त शिक्षा अतिरिक्त क्रियाकलापमा ध्यान, समयसापेक्ष शुल्क, तालिमप्राप्त शिक्षकशिक्षिका आजको आवश्यकता हो।

LEAVE A REPLY