नागरिकले महानगरसँग गरेका अपेक्षा पूरा हुनुपर्ने माग



काठमाडौँ, ६ चैत । स्थानीय निकाय कर्मचारी सङ्घ काठमाडौँ महानगर एकाइले काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेललाई १७ बुँदे सुझाव एवम् ध्यानाकर्षणपत्र बुझाउँदै महानगरको सार्वजनिक छवि सुधार गर्न नागरिकले महानगरसँग गरेका अपेक्षा पूरा हुनुपर्ने माग गरेको छ ।

युनियनका अध्यक्ष धर्मराज भट्टराई, नेपाल स्वतन्त्र यातायात मजदुर सङ्घका अध्यक्ष पवन भट्टराई र नेपाल सफाइ श्रमिक सङ्घका अध्यक्ष योगेश केसीले संयुक्त रुपमा हस्ताक्षर गरेको ज्ञापनपत्रमा संस्थागत सुदुढीकरण, सेवा प्रवाह व्यवस्थापन र जनशक्ति व्यवस्थापनलाई आधार बनाई काम गर्न आग्रह गरिएको छ । महत्वपूर्ण निर्णय लिँदा महानगरको व्यवस्थापन तह र क्रियाशील सङ्घसङ्गठनबीच संवाद र सामूहिक छलफलका माध्यमबाट हुनुपर्ने माग पनि गरिएको छ ।
युनियनले बुझाएको ज्ञापनपत्र बुझ्दै महानगरका कार्यकारी अधिकृत पौडेलले स्थानीय तहको निर्वाचन अघि र पछि दुई अवस्थालाई विश्लेषण गरेर सुधारका योजना बनाउनुपर्ने बताउनुभयो ।

युनियनका पूर्वअध्यक्ष शिवजी भट्टराईले भूकम्पले पु¥याएको क्षति व्यवस्थापनमा महानगरको नेतृत्वले अपेक्षाकृत विकास गर्न नसकेको आरोप लगाउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्