मोरङमा तीन सय छ मतदानस्थल हुने



पथरी (मोरङ), ६ चैत । स्थानीय तहको निर्वाचनका लागि मोरङमा ३०६ मतदानस्थल कायम गरिने भएको छ ।

पूर्व क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख भक्तबहादुर भट्टराईका अनुसार दोस्रो संविधानसभाको चुनावमा २७० मतदानस्थल थिए ।

पैँतालीस निर्वाचनस्थल थप्न केन्द्रमा सिफारिस गरेको भट्टराईको भनाइ छ । उहाँका अनुसार सुनवर्षी र सुन्दरहरैचा नगरपालिका पाँच÷पाँच केराबारी गाउँपालिका पाँच, त्यस्तै धनपाल गाउँपालिका चार, उर्लाबारी नगरपालिका र बूढीगङ्गा गाउँपालिका दुई÷दुई जहदा र कटहरी गाउँपालिका तीन÷तीन, ग्रामथान र कानेपोखरी गाउँपालिका एक÷एक त्यस्तै रतुवामाई नगरपालिका तीन, बेलबारी नगरपालिका चार, लेटाङ भोगटेनी नगरपालिका तीन, रङ्गेली नगरपालिका दुई, पथरी शनिश्चरे एक, मिक्लाजुङ गाउँपालिकामा एक मतदानस्थल थपिने क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

मोरङमा नौवटा संसदीय निर्वाचन क्षेत्र रहेको छ । स्थानीय तह निर्वाचनमा यहाँबाट ८२९ जनप्रतिनिधि निवाचित हुनेछन् । मोरङमा एक उपमहानगरपालिका, आठ नगरपालिका, आठ गाउँपालिकासहित १७ स्थानीय तह छन् ।

नगरपालिकामा प्रमुख र उपप्रमुख तथा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष निवाचित हुनेछन् । स्थानीय तहको प्रत्येक नगर र गाउँपालिकाबाट एक प्रमुख, एक उपप्रमुख तथा प्रत्येक वडाबाट एक अध्यक्ष र एक महिलासहित चारजना सदस्य निर्वाचित हुने व्यवस्था छ । रासस

प्रतिक्रिया दिनुहोस्