बनमा डढेलो लाग्दा करोडौको सम्पती नोक्सान



कुशलबाबु बस्नेत,उदयपुर
गर्मीयाम र हावाहुरी सुरुभएलगत्तै उदयपुरका अधिकाश सामुदायिक बन र राष्ट्रिय बन क्षेत्रमा व्यापक डढेलो लाग्ने गरेको छ ।

डढेलोका कारण प्राकृतिक सुन्दरता र जैबिक विविधतामा मात्र असर पुगेको छैन करौडौ मुल्य बाराबरको धन सम्पती समेत जलेर नष्ट भएको स्थानीयहरुले बाएका छन् । डढेलोका कारण जंगल आसपसमा रहेका बस्तहिरु उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । एक साता अघीबाट सुरु भएको डढेलो बढ्दै जाँदा जंगल नजिकका स्थानीयहरु रातभर जागै बसेर कोलाको पातमा पानी लिएर हावाँ नचलिदियोस भनेर कामना गर्दै बस्न बाध्य छन् ।

डढेलो नियन्त्रणका लागि जिल्ला बन कार्यालय र स्थानीय सामुदायिक बनहरुले सक्दो प्रयास गरेपनि जिल्ला सदरमुकाम देखी पुर्व तर्फको राष्ट्रिय बन र सामुदायिक बनको अधिकांश क्षेत्रमा डढेलो फैलिएको सहायक बन अधिकृत लालबाबु यादयले बताउनु भयो ।

डढेलो नियन्त्रणका लागि अन्य क्षेत्रसंग सहकार्य गर्दै बन कार्यालयको पुरै टिम र सामुदायिक बनहरुलाई परिचालन गरिएकोे जिल्ला बन अधिकृत धनन्जय पौड्याले जानकारी दिनुभयो ।

डढेलोका कारण जंगल बिचबाट संचालित बाटोहरुमा पैदल हिड्ने यात्रुहरु बाटौ नै हिड्न छाडेका छन् । डढेलोले जंगली जनावर चराचुरुङ्गीलाई जडीबुटी काठ दाउरा जलेर नस्ट भएको बन कार्यालयले जनाएको छ । गत बर्ष आएको हावा हुरीका कारण उदयपुरको राट्रिय बन र सामुदायिक बन क्षेत्रमा पाँचलाख क्युबिक फिटबढी रुखहरु डढेर नष्ट भएको थियो । तर बन कार्यालयले भने क्षतिको विवरण अत्यन्त न्युन देखाएको छ । करिव १५ बर्ष अघी देखी बिभिन्न बन क्षेत्रमा रहेको ढलापडा काठ दाउराहरु सुरक्षित स्थानमा संकलनमा सम्बन्धित निकायको ईजाजत र अन्य समस्या भएका कारण जंगलमै रहेको त्यसतो काठ दाउरापनि केही मात्रमा जलेको छ ।

बन मन्त्रालय बन बिभाग र जिल्ला बन कार्यालयहरुले डढेलो बिरुद्धको सप्ताहा भनाई रहदा सोही डढेलोका कारण उदयपुरमा स्थानीय र राज्यको करोडौ रुपैया बराबरको सम्पति खरानीमा परिणत हुने क्रममा छ । बन मन्त्रालय देखी जिल्ला बन कार्यलयसम्म हुने आर्थिक लेन देन र कमिसनका कारण जंगलमा ढलेर रहेका बन पौदार समयमै सुरक्षित स्थानमा निकाल्न कठिनाई हुने गरेको छ । यसकारण जंगलमा ढलेर रहेका काठहरु खरानीमा परिणत हुने गरेको स्थिानीएको भनाई रहेको छ ।

डढेलो नियन्त्रणमा नल्याउने हो भने अझै पनि धेरै नोक्सानी हुने सम्भावना निकै नै धेरै देखिएको छ । डढेलो नियन्त्रणका कामहरुमा ढिला सुस्ती र आल टाल गर्ने हुनाले डढेलो महिनौ चल्दा हावापानीमा पनि असर गर्ने गरेको छ । त्यसैले बन निकट निकायहरुले डढेलो नियन्त्रणको विषयमा अलिक गम्भिर हुनुपर्ने देखिएको, सामुदायिक बन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष नारायण बहादुर बुर्जा मगरले बताउनु भयो ।
मगरले जिल्लामा रहेका करिब ३३० भन्दा बढी सामुदायिक बनका पदाधीकारी सदस्य र उपभोक्तालाई डढेलो नियन्त्रणका लागि बलियो कदम उठाउन आग्रह पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्