सिप्रदीयनद्वारा खेल सामग्री प्रदान



काठमाडौं, (नेस)

सिप्रदीयन सहायता संस्थाले क्रिकेटका दुई राष्ट्रिय खेलाडीलाई खेल सामग्री हस्तान्तरण गरेको छ। खेलाडीद्वय सुनील धमला र आरिफ शेखलाई संस्थाले क्रिकेट सामग्री हस्तान्तरण गरेको हो।

बिहीबार आयोजित एक कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष एवम् सिप्रदी टे«डिङ प्रालिका निर्देशक शम्भुप्रसाद दाहाल र कम्पनीका उपाध्यक्ष सौरभराज थपलियाले खेलाडीलाई एक एक थान ब्याट, प्याड, हेल्मेट लगायत खेल सामग्री प्रदान गर्नुभयो। सिप्रदीयन सहायता संस्थाले यी दुई खेलाडीलाई विगत छ महिनादेखि प्रायोजन गर्दै आएको छ।

सन् २०१२ मा सिप्रदी टे«डिङ प्रालिद्वारा गैरसरकारी संस्थाका रूपमा स्थापना भएको सिप्रदीयन सहायता संस्थाले विभिन्न क्षेत्रमा सामाजिक हितका कार्य गर्दै आएको छ। शैक्षिक क्षेत्रमा जेहेन्दार र गरिब बालबालिकाको लागी छात्रवृत्ति, सिपमुलक तालिमको क्षेत्रमा काम गर्दै आइरहेको छ। त्यस्तै प्राकृतिक विपत्ति र प्रकोपका लागिीआपतकालीन राहत र पुनःस्थापनाका कामसमेत संस्थाले गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्