राप्रपाका अध्यक्ष कमल थापा सरकारमा सहभागी हुने



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीयविकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका छन् ।

अहिले चाँहि स्थानीए विकास मन्त्रीमा हितराज पाण्डे रहेका छन् र थापासँगै  सोही पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । नयाँ थपिने मन्त्रीले नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

माओवादीको सिफारिसमा मन्त्री भएका विना विभागीय मन्त्री बनाइने तयारी भइरहेको स्रोतले जनाएको छ् ।

यो मन्त्रालय अहिले नेपाली कांग्रेसको भागमा छ र, जीवनबहादुर शाही मन्त्री छन् । सम्भवत शाहीलाई पनि फिर्ता नबालाई अर्को जिम्मेवारी दिइनेछ ।

सपथ खाने कार्यक्रम आजै साँझ साढे ६ बजे रहेको छ ।

प्रतिक्रिया दिनुहोस्