माओवादी नेता पुन डिस्चार्ज, बिहीबार स्वदेश फर्कदै



काठमाडौं, २२ फागुन ।
माओवादी नेता वर्षमान पुन डिस्चार्ज हुनुभएको छ । स्वास्थ्य उपचारका लागि थाइल्याण्डको बैंकक पुग्नु भएको उहाँ समितिभेज अस्पतालमा डिस्चार्ज हुनुभएको हो । उहाँ आउँदो २६ गते बिहीबार स्वदेश फर्किने भएको छ ।

पुनसँगै उहाँकी पत्नी एवम् सभामुख ओनसरी घर्ती पनि बैंककमा हुनुहुन्छ । सभामुख घर्ती पनि पुनसँगै स्वदेश फर्किने भएको छ ।
सभामुख ओनसरी घर्ती मगरले आईतबार ट्वीट गर्दै उहाँको स्वास्थ्य लाभ भएको र बिहिबार फर्किने बताउनु भएको छ ।

यसअघि काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गरिएको थियो । थप उपचारका लागि गत शनिबार थाइल्याण्डको बैंकक लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्