बाँदर धपाउँदा बन्दूक पड्केर घाईते



अनिल खत्री,गुल्मी। बाँदर धपाउ जानृक्रममा बन्दूक पड्केर एक जना घाइते भएका छन् । गाउँमा बादर आतंक बढेपछि बाँदरलाई तर्साउनका लागि भन्दै घरेलु भरुवा बन्दु बोकेर बाँदर लखेट्न गएका एक युवक आफुले बोकेको बन्दुक पड्कटा घाईते बनेका छन् । यसरी घाईते हुनेका गुल्मी फोक्सीङ्ग गाविस १ निवासी ३१ वर्षीय खिम बहादुर राना रहेका छन् ।

रानाले गत साता गाउँमा बाँदर लखेट्न जाँने क्रममा ढुंगामा लड्दा आफैले बोकेको बन्दूक पड्कदा उनको देब्रे पाखुरामा बन्दुककको छर्रा लागेर घाईते बनेका थिए । बन्दूक पड्केर घाईते बनेका रानालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले गत तीन दिन अघि मात्र पक्राउ गरेको हो ।

पक्राउ परेका रानालाई बुधवार जिल्ला प्रहरी कार्यालय गुल्मीले कानुनी कार्वाहीका लागि सरकारी वकिल कार्यालयमा पेश गरेको छ । सरकारी वकिल कार्यालयले रानालाई हात हतियार तथा खरखजाना मुद्धामा आवश्यक कार्वाहीका लागि बुधवार नै जिल्ला प्रशासन कार्यालयमा पठाएको सहायक जिल्ला न्याधिवक्ता कैलाश केसीले बताउनु भएको छ ।

उक्त मुद्दामा ६ महिनादेखि एक वर्षसम्मको कैद सजाँय हुने कानुनि व्यवस्था रहेको केसीले जानकारी दिनु भयो । गुल्मीका ग्रामिण क्षेत्रहरुमा आजभोली बाँदर आतंक वढ्दै गएका कारण सर्वसाधारण र किसानहरु निकै समस्यामा पर्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्